बारामा २ वर्षे नाबालिकाको योनीमा कपडा कोचेर हत्या प्रयास, एकजना पक्राउ
जबरजस्ती करणीपछि २ वर्षे नाबालिकाको हत्या प्रयास गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका–१ सेमरा तेगछियाकी ४० वर्षीया कलावती देवी गिरी रहेकी छिन् ।
गिरीले बिहीबार दिउँसो ४ बजेको समयमा नाबालिका २ वर्षकी (नाम परिवर्तन) आरलाई परिवारसँगको पूर्व रीसीईबी साँध्ने मनाशयले जर्बजस्ती करणीपछि हत्या प्रयास गरेकी प्रहरी अनुसन्धानमा खुल्न आएको जि.प्र.का. बाराका प्रमुख एसपी सानुराम भट्टराईले जानकारी दिए ।
एसपी भट्टराईले भने, ‘घर अगाडि खेलिरहेको नाबालिकालाई जबरजस्ती उठाई एकान्तमा लगी गिरीले प्लाष्टिकको डोरीले दुवै हात बाँधेर लगाएको कट्टु खोली योनीमा कपडाको टुक्रा कोचेको पाइएको छ ।’
२ वर्षे नाबालिकाको मुखमा समेत कपडा कोची घर आगाडि फालेर फरार रहेकी गिरीलाई शुक्रबार बिहानै पक्राउ गरी जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको एसपी भट्टराईले रातोपाटीसँग भने ।
पक्राउ परेकी देवीमाथि जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै