शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गजल : सिक धनीहरू भिखारीबाट

शनिबार, २५ जेठ २०७६, ११ : ४५
शनिबार, २५ जेठ २०७६

-विष्णुप्रसाद आचार्य ‘अतृप्त’

पेटभर खान पुगेन रोजगारीबाट
खुशी झिक्न मिलेन भकारीबाट

सायद मानहानि ठानेर ऊ आइन
निम्तो पठाएको थिएँ सुपारीबाट

जीवन त खरानीले पनि चलेकै छ
केही सिक धनीहरू भिखारीबाट

रमाइलोमै जन्मायौ, रमाउन देऊ
शिशु यस्तो भन्दैछ बाँसघारीबाट

छोरो छाती ठोकेर हिँड्दैछ आज
बाउले जोडिदिएको घरबारीबाट ।

तारकेश्वर न.पा.२, काठमाडौँ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप