महोत्तरीमा किशोरमाथि एसिड प्रहार
शनिबार, २५ जेठ २०७६, १२ : २७
१
बर्दिवास–महोत्तरीको बर्दिवासमा एक किशोर एसिड प्रहारबाट गम्भीर घाइते भएका छन् । घाइते हुनेमा बर्दिबास नगरपालिका वडा–२ का १५ बर्षीय किशोर सुरज मुखिया रहेका छन् ।
शुक्रबार राति १० बजेतिर बर्दिवास चोकबाट घर फर्कने क्रममा अपरिचत व्यक्तिले अनुहारमा छ्यापेको एसिडले सुरज गम्भीर घाइते भएका हुन् । अहिले उनको बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
मुखिया बर्दिवासचोकमै कवाडीको काम गर्दै आएका व्यक्ति हुन् । मुखियालाइ शुक्रबार बर्दिबास चोक नजिकको साघुँरो गल्लीमा अपरिचित व्यक्तिले एसिड छर्केर भागेका इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लागु औषधका रूपमा प्रयोग हुने ओषधी बिक्री गर्ने मेडिकलका ३ जना पक्राउ
-
नौ महिनामा ३ हजार ८२९ वटा प्रदर्शन, १ लाखभन्दा बढी प्रहरी परिचालन
-
बागमती प्रदेशसभा अधिवेशन अन्त्यका लागि सिफारिस
-
आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?
-
लुम्बिनी प्रदेशमा भागबण्डा मिलाउन दुई मन्त्रालय थपियो
-
चिया निर्यातमा भारतीय अवरोध हट्यो