शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीले दोस्रो कार्यकालको पहिलो विदेश यात्रामा माल्दिभ्स किन चुने ?

शनिबार, २५ जेठ २०७६, १५ : ४४
शनिबार, २५ जेठ २०७६

नितिन श्रीवास्तव/बीबीसी 
 

माल्दिभ्सको राजधानी मालेको बोडुथाकुरुफानु मागु क्षेत्रको समुन्द्र किनारमा  । जसको छेउमा दजनौं स्टीमर जहाज समुन्द्रबीच अवस्थित टापूबीच मानिस ल्याउने लाने गरिरहेका थिए । 

पारी माल्दिभ्सको हवाई अड्डा देखिरहेको थियो, जहाँ पछिल्लो दुई दिनदेखि भारतीय वायु सेनाको मालबाहक विमानको आवगमन बढिरहेको छ । 

यसबीच एक आवाज सुनिन्छ, ‘तपाई नै हो भारतबाट आउनु भएको ?’

खुश्बू अली भारतको मुरादाबाद सहरमा बस्छन् । त्यहाँबाट केही समय दिल्लीमा बसेर उनी कामको खोजीमा माल्दिभ्स आए । 

उनले आफ्नो कामबारे बोल्ने क्रममा भने ,‘पेसाले एसी मेकानिक्स हूँ । उता हवाई अड्डामा देखिएको गडबडी मर्मत गर्न गएको थिएँ । 

भूगोल र जनसंख्या दुवैको हिसाबमा माल्दिभ्स एशियाको सबैभन्दा सानो देश हो । देशको कुल जनसंख्या ५ लाखमध्ये अधिकाशंको आयको मार्ग पर्यटन हो । किनकी देशको जनसंख्याको दोब्बर जति त्यहाँ पर्यटक पुग्ने गर्छन् । 

माल्दिभ्समा भारतीय मुलका मासिनको जनसंख्या तीस हजारको आसपास छ । यो देश सामारिक दृष्टिबाट पनि भारतको लागि निक्कै महत्वपूर्ण देश हो । 

यसबीच खुश्बू अलीले भने ,‘ यहाँका मानिस इतिहासदेखि भारतले धेरै सहयोग गरेको कुरा गर्छन् । तर यहाँ १२ घण्टासम्म काम गर्नुपर्छ । त्यसमा कमी ल्याउनुपर्छ । त्यस्तै भारतीयको आय पनि थोरै काम छ । प्राविधिक, श्रमिकको थोरै बढी हुुनुपर्छ ।’

‘शनिबार भारतका प्रधानमन्त्री आउँदैछन्, थाहा छ ?’

जवाफमा उनले भने ,‘किन थाहा नहुनु । अब हेर्नुस् भ्रमणबाट के निष्कर्ष आउँछ ।’

माल्दिभ्सनै किन ?
लगातार दोस्रो पटक आम चुनाव जितेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो आधिकारिक विदेश यात्राको लागि माल्दिभ्सलाई चुने । 

नरेन्द्र मोदीले आफ्नो दोस्रो शपथ ग्रहण समारोहमा अघिल्लो पटकमा बोलाइएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क) राष्ट्रका नेतालाईलाई नभएर बिमस्टेक समूहको नेतालाई बोलाए । यसमा थाइल्याण्ड र म्यानमार समेत समावेश छ । तर माल्दिभ्स त्यसमा थिएन । 

भारतीय विदेश नीति–निर्माताको मनमा कहिँ कतै माल्दीभ्स यसबाट असन्तुष्ट छ कि भन्ने परेको हुन सक्छ । 

माल्दिभ्सको दक्षिण एशिया र अरब सागरमा जो सामरिक स्थान छन्, ती भारतका लागि पहिलेभन्दा बढी महत्वपूर्ण छ । 

माल्दिभ्सका लागि भारतीय राजदूत संजय सुधिर पनि यसमा सहमती व्यक्त गर्छन् ।  

उनले यसबारे भने ,‘माल्दिभ्स भारतको ‘छिमेकी पहिले’ नीतिको ठूलो हिस्सा हो । मध्य–पूर्वबाट जति पनि ग्यास र तेल भारत जान्छ, यहीको नजिक ‘ए डिग्री च्यानल’ हुँदै जान्छ । यस कुराले पनि भारतको लागि यो क्षेत्रमा शान्ति र स्थायित्व हुनु अत्यन्त आवश्यक हुन्छ । त्यसको साथ साथै भारत माल्दिभ्सलाई एक भरोसायोग्य विकास सहयात्री पनि ठान्छ ।’

भारतीय विदेश सचिव विजय गोखलेले यस भ्रमणबारे भनेका थिए,‘प्रधानमन्त्रीको यात्राको दौरान विकास र सुरक्षासम्बन्धी केही महत्वपूर्ण सम्झौता हुनेछ । ’

चीन फ्याक्टर
माल्दिभ्स मोदीको दोस्रो कार्यकालको सपथ पछि भ्रमण हुने पहिलो राष्ट्र चुनिनुमा चीन पनि कारण छ । 

चीनले पछिल्लो एक दशकमा हिन्द महासागरमा आफ्नो वर्चश्व तीव्र रुपमा बढाउँदै लगेको छ । यस कडिको पहिलो हिस्सा श्रीलंकालाई बताइन्छ भने त्यसपछिका उसको ध्यान माल्दिभ्समाथि रहेको छ ।

व्यापार, आर्थिक सहयोग र पूर्वाधार योजनामार्फत चीन यी देशमा पनि तीव्र गतिमा आफ्नो पडक जमाउने केही हदसम्म सफल पनि भएको छ ।

तर माल्दिभ्समा चीनको तुलनामा भारतलाई अतिरिक्त सहजता छ । भारत र माल्दिभ्स भौगोलिक रुपमा मात्र नजिक होइनन्, सांस्कृतिक र साना व्यापारले पनि जोडेको देश हो ।  

तर माल्दिभ्समा भारतको प्रभाव केही वर्षको लागि थोरै सुस्त परेको थियो । 

सन् २०१३ देखि सन् २०१८ बीच माल्दिभ्सको अब्लुल्ला यामिन सरकारले कयैन यस्ता कदम उठायो जुन भारतलाई राम्रो लागेन । यसमा प्रमुख थियो चीनसँगको निकटता ।

माल्दिभ्समा भारतका पूर्व राजदूत गुरजीत सिंह पनि यसबारे भन्छन् ,‘यदी सम्पूर्ण सार्क देशको कुरा गर्ने हो भने पछिल्लो केही वर्ष भारतको सम्बन्ध पाकिस्तानपछि माल्दिभ्ससँग सबैभन्दा खराब भएको थियो । यस कारणले मोदीको अहिलेको भ्रमण एकदम सही समयमा भइरहेको छ ।’

माल्दिभ्समा सत्ता परिवर्तनको असर
माल्दिभ्समा सन् २०१८ मा चुनाव भयो । जसमा तत्कालीन सत्तारुढ यामिन हारे र सत्ता परिवर्तन भयो । नयाँ राष्ट्रपतिको रुपमा भारतका नजिक मानिने इब्राहिम मोहम्मद सोलिह चुनिए । 

उनको सपथ ग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएर एक कूटनीतिक सन्देश दिए । 

यसको जवाफमा राष्ट्रपति सोलिहले अघिल्लो डिसेम्बरमा भारतको औपचारिक भ्रमण गरे । त्यस भ्रमणमा दुई देशबीच महत्वपूर्ण व्यापारिक सम्झौता पनि भयो । 

मालेको एक चर्चित होटल बाहिर कोलकाताबाट रोजगारीका लागि माल्दिभ्स पुगेको अमित कुमार मण्डलसँग भेट भयो । उनी मोदीको भ्रमणलाई लिएर निकै उत्साहित देखिन्थे । 

उनले भने,‘माल्दिभ्समा नयाँ सरकार आएपछि स्थिति निकै सुधार भएको छ । हाम्रो लागि यो राम्रो खबर हो । पहिले हाम्रो लागि यहाँ त्यति अवसर थिएन । त्यो हिसाबबाट अहिले राम्रो छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप