बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुनको ढिक्का र दुई लाख भारुसहित क्षत्री पक्राउ, सकेनन् स्रोत खुलाउन

शनिबार, २५ जेठ २०७६, १७ : १५
शनिबार, २५ जेठ २०७६

काठमाडौँ । प्रहरीले स्रोत खुलाउन नसकेको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङजा आँधीखोला नगरपालिका–६ घर बताउने ४५ वर्षीय भीमबहादुर भाट क्षत्री रहेका छन् । 

शंकास्द रुपमा हिँडिरहेका क्षत्रीलाई चेकजाँच गर्ने क्रममा शुक्रबार सुनचाँदीको ढिक्का र भारतीय रुपैयाँलगायतको सामानसहित रुपन्देही प्रहरीले पक्राउ गरेको हो । 

झोलामा लुकाई राखेको करिब २१ तोला ६२ लाल बराबरको सुनको ढिक्का १ थान, करिब १ केजी ९४ ग्राम बराबरको चाँदीको ढिक्का १ थान, करिब ५ तोलाको चाँदीको सिक्का ३ थान र विभिन्न दरका भारतीय रुपैयाँ २ लाख ६१ हजार ७ सय, ४ थान मोबाइल र बिभिन्न कम्पनीका घडी ६ थानसहित क्षत्रीको साथबाट बरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका क्षत्रीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप