शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

०५८ सालमा परिवार गुमाएका एमबीबीएस विद्यार्थी शिशिरले गुगल सर्च गरेर यसरी गरे आत्महत्या

कोटेश्वरमा किनेका थिए विष
शनिबार, २५ जेठ २०७६, १८ : ३६
शनिबार, २५ जेठ २०७६

८ दिनदेखि हराइरहेका काठमाडौं मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत शिशिर खनालको शव शनिबार कीर्तिपुरस्थित पुष्पलाल पार्क नजिकै जंगलमा भेटिएको छ । 

अर्घाखाँची स्थायी बसोबास भएपनि लामो समयदेखि काठमाडौंको कोटेश्वरमा १८ वर्षीय भाईसँग घरमा बस्दै आएका शिशिर गत जेठ १७ गतेदेखि सम्पर्कविहिन भएका थिए । 

शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि प्रहरीले कीर्तिपुरको पुष्पलाल पार्कमा भेटेको थियो । तर, शिशिरलाई भने भेटाउन सकिरहेको थिएन् ।  

चार–पाँच दिनदेखि सोही क्षेत्रलाई आधार बनाएर खोजी गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीको प्रहरी टोलीले शनिबार दिउँसो शिशिरको शव फेला पारेको हो ।

केही दिन अगाडि नै मृत्यु भएका कारण शव सडेको अवस्थामा भेटिएको प्रवक्ता बोगटीले पुष्टि गरे । 

२०५८ सालमा सवारी दुर्घटनामा शिशिरले आफ्ना आमाबुबा, दिदीलाई गुमाएका थिए । शिशिर भने सो दुर्घटनामा सकुशल बाँचेको प्रहरी अनुसन्धानमा खुल्न आएको डीएसपी बोगटीले जानकारी दिए । 

डिप्रेसनको औषधी खाँदै आएका शिशिर पढाईमा अब्बल रहेको समेत बताइएको छ । 

विष खाएर आत्महत्या
प्रहरीको प्रारम्भिक अनुसन्धानमा शिशिरले  विष  सेवन गरेर आत्महत्या गरेको पाइएको छ । शिशिरले कोटेश्वरमा रहेको एक एग्रोभेटबाट उक्त विष किनेका थिए । 

शव फेला परेको नजिकै शिशिरले प्रयोग गरेको विषको खाली डब्बा पनि भेटिएको बताइएको छ । प्रवक्ता बोगटीले भने, ‘शिशिरले कुन विष खाँदा मृत्यु हुन्छ भनेर आफ्नो ल्यापटपमा विषहरुको नाम पनि सर्च गरेको खुल्न आएको छ ।’

यस्तै शिशिरले आत्महत्या कसरी गर्ने भनेर पनि ल्यापटपमा सर्च गरिएको भेटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

८ दिनपछि कीर्तिपुरको जंगलमा मृत अवस्थामा भेटिए एमबीबीएस विद्यार्थी

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप