बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बार्टीले चुमिन फ्रेन्च ओपन

आइतबार, २६ जेठ २०७६, ०९ : १७
आइतबार, २६ जेठ २०७६

फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि अष्ट्रेलियाकी एसीलेइग बार्टीले जितेकी छन् । शनिबार राति भएको फाइनलमा पूर्व क्रिकेटर समेत रहेकी बार्टीले चेक रिपब्लिककी मार्केटा भोनड्रोउसोभालाई २–० को सोझो सेटमा हराईन् । 

आठौं वरियताकी बार्टीले भोनड्रोउसोभालाई ६–१ र ६–३ ले स्तब्ध बनाईन् । २३ बर्षीय बार्टीको यो पहिलो ग्रान्डस्लाम उपाधि हो । उनी १७ महिना अघि क्रिकेट छाडेर टेनिसमा फर्किएकी थिइन् । यस उपाधि जितेपछि बार्टी दोस्रो वरीयतामा उक्लिकी छन् ।  

भोनड्रोउसोभा १६औं वरीयतामा पुगेकी छन् । यसैगरी आइतबार राति हुने पुरुषतर्फको उपाधिका लागि दोस्रो वरीयताका स्पेनिस राफेल नाडाल र चौथो वरीयताका अष्ट्रेलियन डोमिनिक थेइमबीच भिडन्त हुनेछ । गत संस्करणमा पनि यी दुई खेलाडी फाइनलमा भिडेका थिए । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप