शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप विजेता फ्रान्सलाई टर्कीको झट्का

आइतबार, २६ जेठ २०७६, ०९ : ३७
आइतबार, २६ जेठ २०७६

विश्वकप विजेता फ्रान्सलाई टर्कीको नमिठो झट्का लागेको छ । युरो कप छनोट अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्स टर्कीसँग २–० गोलले पराजित भयो ।

टर्कीको जितमा कान आयहानले ३०आंै र सेन्गिज अन्डरले ४०आंै मिनेटमा गोल गरेका थिए । खेलभर घरेलु टोली टर्कीको दबाब झेलेको फ्रान्सले गोल फर्काउन सकेन । यस जितसँग समूह एच मा रहेको टर्कीले तीन खेलमा शतप्रतिशत जित निकाल्दै नौ अंक बनाएको छ ।

छनोट खेलमा पहिलो हार खेपेको फ्रान्स ६ अंक सहित दोस्रो स्थानमा छ । यही समूहको अन्य खेलमा आइसल्यान्डले अल्बानिया र माल्डोभाले एन्डोरालाई समान १–० गोलले हराएको छ । जितसँगै ६ अंक बनाएको आईसल्यान्डले गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । पहिलो जित निकालेको माल्डोभाले चौथो र अंकविहिन एन्डोरा तालिको अन्तिममा छ ।

यसैगरी समूह सीको अर्को खेलमा जर्मनीले बेलारुसलाई २–० र नर्दन आयरल्यान्डले इस्टोनियालाई २–१ गोलले हराएको छ । समूह जेमा इटालीले ग्रीसलाई ३–०, फिनल्यान्डले बोरुसिया एन्ड हर्जगोभिनालाई २–० र अर्मेनियाले लिचेसटेनस्टेनलाई ३–० गोलले हराएको छ । समूह आईमा रुसले सान मारिनोलाई ९–० गोलले हराएको छ । सोही समूहको अर्को खेलमा बेल्जियमले कजाकस्तानलाई ३–० र स्कटल्यान्डले साइप्रसलाई २–१ गोलले हराएको छ । समूह एफको अर्को खेलमा क्रोएसियाले वेल्सलाई २–१ र हंगेरीले अजरबैजानलाई ३–१ गोलले पराजित गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप