वरिष्ठ पत्रकारद्वय तीर्थ कोइराला तथा जिवेन्द्र सिम्खडासँग डिसीका पत्रकारहरुको भेटघाट
आइतबार, २६ जेठ २०७६, १२ : १८
अमेरिकाको भ्रमणमा रहेका नेपालका वरिष्ठ पत्रकार द्वय तीर्थ कोइराला तथा जिवेन्द्र सिम्खडासंग डिसीका पत्रकारहरुले भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।
नेपाली पत्रकार संघ (ईञ्जा)को आयोजनामा भएको कार्यक्रममा तीर्थ कोइराला तथा जिवेन्द्र सिम्खडाले आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा कान्तिपुरका संस्थापक सम्पादक तथा ईञ्जाका संरक्षक वरिष्ठ पत्रकार योगेश उपाध्याय ,वरिष्ठ पत्रकार तीर्थ कोइराला ,वरिष्ठ पत्रकार जिवेन्द्र सिम्खडा ,वरिष्ठ पत्रकार हरि अधिकारी ,ईञ्जाका अध्यक्ष गुणराज लुइँटेल,नेजाका संस्थापक गिरिश पोखरेल ,ईञ्जा प्रमुख संरक्षक राम चन्द्र खरेल ,हाल बिबिसी नेपालीका पत्रकार फणिन्द्र दाहाल ,नेजा कार्यकारी समितिका बाबुराम खरेल लगायत अन्य पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको समन्वय ईञ्जाका उप सभापति सुनिल मणि दाहालले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)
-
चेन्नई र लखनउका कप्तानलाई जरिवाना
-
एलोन मस्ककाे भारत भ्रमण स्थगित
-
इलाम-२ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा