बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ठमेलमा बलिउड गायिका नेहाको दमदार प्रस्तुति (फोटो र भिडियोसहित)

आइतबार, २६ जेठ २०७६, १५ : ५९
आइतबार, २६ जेठ २०७६

काठमाडौं–बलिउड गायिका नेहा कक्करले गएराती राजधानीको ठमेलमा प्रस्तुती दिएकी छिन् । 

गायिका नेहा आफ्नो प्रस्तुति दिनका लागि पहिलो पटक काठमाडौंका आएकी थिइन् । 

 ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्करले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेकी थिइन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गरेको हो।  

प्रस्तुति चल्दै गर्दा केहीबेर तनाव समेत उत्पन्न भएको थियो । आयोजकले क्षमता भन्दा बढी टिकट विक्रि गरेपछि दर्शकले विवाद गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । 

भिडियो हेर्नुहाेस्

महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेका डीएसपी सन्तोष सिंह राठौरले कार्यक्रमस्थल लड अफ ड्रिंस क्लबमा क्षमता भन्दा बढी टिकट वितरण हुँदा अवस्था असहज भएपछि तीन जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । 

याे पनि हेर्नुहाेस्

बलिउड गायिकाले प्रस्तुति दिँदा ठमेलमा तनाव, तीन जना पक्राउ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप