बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

२०१९ ट्रेल विश्व च्याम्पियनशिप सम्पन्न ः नेपाली झण्डा फहराइयो

आइतबार, २६ जेठ २०७६, २३ : २०
आइतबार, २६ जेठ २०७६

–भगवान गिरी

काठमाडौ-सन् २०१९ ट्रेल विश्व च्याम्पियनशिपमा पुरुषतर्फ बेलायतका जोनाथान अल्बोन च्याम्पियन बनेका छन् । उनी तीन घण्टा ३५ मिनट ३४ सेकेण्डमा निर्धारित दूरी पार गरी विश्व च्याम्पियन बनेका हुन् । 

उक्त च्याम्पियनशिपमा फ्रान्सका जुलियन रान्कन तीन घण्टा ३७ मिनट ४७ सेकेण्डमा दूरी पार गरी दोस्रो भए भने तीन घण्टा ४० मिनट ३४ सेकेण्डमा दूरी पार गरेर स्विट्जरल्याण्डका क्रिष्टियान माथेस तेस्रो भए । 
यस्तै महिलातर्फ फ्रान्सकी ब्लान्डिन लिरोन्डेल प्रथम, न्युजिल्याण्डकी रुथ क्रोफ्ट द्वितीय तथा स्पेनकी सेइला अभिलेस तृतीय भइन् । उनीहरुले क्रमशः चार घण्टा ६ मिनट १७ सेकेन्ड, चार घण्टा १४ मिनट २८ सेकेन्ड तथा चार घण्टा १५ मिनट चार सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए ।

नेपाली झण्डा विदेशी भूमिमा फहराउँदै उत्साहका साथमा उक्त च्याम्पियनशिपमा सहभागी नेपालका धावकहरुले पनि सन्तोषजनक खेल प्रदर्शन गरेका छन् । पुरुषतर्फ दुर्गाबहादुर बुढाले १७औँ स्थान तथा आइते तामाङले ६७औँ स्थान प्राप्त गरे । महिलातर्फ सुनमाया बुढा मगरले ४६औँ स्थान प्राप्त गरिन् । 

सहभागी खेलाडीहरुले शुक्रबार उद्घाटन सत्रमा नेपालको झण्डा फहराएका थिए ।  पोर्चुगलको कोइम्ब्रामा भएको उद्घाटनशत्रमा नेपाली समर्थकलेसमेत नेपाली झण्डा फहराएका थिए । खेलाडीको हौसला बढाउन लिस्वनबाट आएको एउटा समूह बजार परिक्रमामा सहभागी भएको थियो । उक्त समूहमा नेपाली समाज पोर्चुगलका अध्यक्ष सोम शेर्पा, मगर समाजका अध्यक्ष चोपकुमार राना मगर, व्यवसायी धनराज शेर्पालगायत सहभागी थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप