बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दक्षिण अफ्रिका र वेस्ट इन्डिज भिड्दै

सोमबार, २७ जेठ २०७६, ०९ : ३३
सोमबार, २७ जेठ २०७६

आईसीसी एकदिवसिय विश्वकप क्रिकेटमा आज (सोमबार) दक्षिण अफ्रिकाले वेस्ट इन्डिज भिड्दैछन् ।

रोज बल क्रिकेट मैदानमा साँझ ३ः१५ बजे सुरु हुने खेलमा दुवै टोलीको लक्ष्य जित रहेको छ । यस विश्वकपमा दक्षिण अफ्रिका कमजोर देखिएको छ ।

 हालसम्म विश्वकपको उपाधि जित्न नसकेको दक्षिण अफ्रिकाले यसअघि खेलेका तीन खेलमा पराजित भईसकेको छ । उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डसँग एक सय चार रनले पराजित भएको दक्षिण अफ्रिका दोस्रो खेलमा बंगलादेशसँग २१ रनले पछि परेको थियो । 

तेस्रो खेलमा दक्षिण अफ्रिका भारतसँग ६ विकेटले पराजित भयो । अब अघिल्लो चरणमा पुग्न दक्षिण अफ्रिकालाई वेस्ट इन्डिजविरुद्घको खेल जित्नुको विकल्प छैन ।

 यसैगरी दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज पनि यसपटक त्यति लयमा छैन । यस विश्वकपमा  वेस्ट इन्डिजले खेलेको दुई खेलमा एक जित र एक हार खेपेको छ । पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले हराएको वेस्ट इन्डिज दोस्रो खेलमा साविक विजेता अस्ट्रेलियासँग १५ रनले पराजित भएको थियो । वेस्ट इन्डिज सन् १९७५ र सन् १९७९ को विश्वकप विजेता टोली हो । 

यी दुई टोलीबीच खेलिएका पछिल्ला पाँचवटा एकदिवसीय खेलमा दक्षिण अफ्रिकाले तीन जित हात पारेको छ । दुई खेलमा वेस्ट इन्डिज विजयी भएको छ ।  विश्वकपमा हालसम्म यी दुई टोली ६ पटक भिडेका छन् । जसमा दक्षिण अफ्रिका चार र वेस्ट इन्डिज दुई खेलमा विजयी भएको छ । दुवै टोलीको स्तर बराबर रहेकोले आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप