केन्द्रीय संस्करण

इमरान खानले भने, ‘मुलुक चलाउनका लागि पैसा छैन’

person explore access_timeजेठ २८, २०७६ chat_bubble_outline1

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमबार राष्ट्रको नाममा सम्बोधन गरेर सबै पाकिस्तानी नागरिकलाई पाकिस्तानलाई ट्र्याकमा ल्याउनका लागि र गरिबको जीवन सुधार्नका लागि आफ्नो जिम्मेवारी निभाउन आग्रह गरेका छन् ।

इमरान खानले सबै पाकिस्तानीलाई जून ३० सम्म आफ्नो सम्पत्तिको घोषणा गर्नसमेत आग्रह गरेका छन् । यसो गरेर उनी वैध र स्रोत नखुलेको सम्पत्तिबारे पत्ता लगाउन चाहन्छन् ।

प्रधानमन्त्री इमरान खानले भने, ‘३० जुनसम्म आफ्नो स्रोत नखुलेको सम्पत्ति, फर्जी बैंक अकाउन्ट, विदेशमा राखिएको पैसालाई सार्वजनिक गर्नुहोस् किनभने यो मौका जून ३० पछि पाइने छैन ।’

उनले भने, ‘पछिल्लो १० वर्षमा पाकिस्तानको ऋण ६ हजार अर्बबाट ३० हजार अर्ब रुपैयाँसम्म पुगेको छ । जुन हामीले चार हजार अर्ब वार्षिक कर जम्मा गर्छौं त्यसको आधा रकमले ऋणको किस्ता तिर्नुपर्छ । बाँकी भएको जुन पैसा छ, त्यसले मुलुक चल्न सक्दैन । पाकिस्तान त्यो देश हो जो संसारकै सबैभन्दा कम कर लिने गरिन्छ तर ती थोरै मुलुकमध्ये एक हो जहाँ सबैभन्दा धेरै ऋणको भारी छ । यदि हामी तयार भयौं भने कम्तिमा हरेक वर्ष १० हजार अर्ब रुपैयाँ जम्मा गर्न सक्छौं ।’

३० जूनसम्म अल्टिमेटमः

इमरानले भने, ‘म तपाईंहरु सबैलाई अपिल गर्छु कि सम्पत्ति घोषणा गर्ने जुन योजना लिएर आएको छु त्यसमा तपाईंहरु सबैजना संलग्न हुनुहोस् । हामीले आफूलाई परिवर्तन गर्नुपर्छ । तपाईंहरुसँग ३० जूनसम्मको समय छ । आफ्नो स्रोत नखुलेको सम्पत्ति सार्वजनिक गर्नुहोस् । हाम्रो सरकारसँग त्यो सूचना छ जो यसअघिको कुनैपनि सरकारसँग थिएन । विदेशमा पाकिस्तानीको सम्पत्ति र बैंक अकाउन्टको सूचना मसँग छ ।’

उनी थप्छन्, ‘हाम्रा एजेन्सी लगातार यसमाथि काम गरिरहेको छ र उनीहरुसँग पूरा सूचना छ । कोसँग कति सम्पत्ति छ, त्यो मलाई राम्रोसँग थाहा छ ।’

इमरान खानको सरकार भयानक आर्थिक संकटसँग जुधिरहेको छ । पाकिस्तानले मंगलबार तीन ट्रिलियन रुपैयाँको घाटाको बजेट पेश गर्नेछ जबकी पछिल्लो बजेट १.८ ट्रिलियन रुपैयाँको थियो ।

कमेन्ट

  1. June 12, 2019, 10:45 p.m. Roshan Rupakheti
    हाम्रो देशको पनि अकदिन यस्तै हालत नहोला भन्न सकिदैन । कारण 👉भष्टचार
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...