शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्पेनको सानदार जित

मङ्गलबार, २८ जेठ २०७६, ०९ : ०८
मङ्गलबार, २८ जेठ २०७६

युरो कप छनोट अन्तर्गत समूह ‘एफ’ को खेलमा स्पेनले स्वीडेनमाथि ३–० गोलको सानदार जित हात पारेको छ  । सोमबार राति भएको खेलमा स्पेनलाई जिताउन कप्तान सर्जियो रामोस, अल्भारो मोराटा र माइकल ओयारजावालले गोल गरे ।

सबै गोल दोस्रो हाफका गरेको स्पेनकले ६४औं मिनेटमा कप्तान रामोसको पेनाल्टी गोल मार्फत अग्रता लिएको थियो । मार्काे असेन्सियाको क्रसमा सेवास्टिन लार्सनले ह्यान्ड गरेपछि स्पेनले पेनाल्टी पाएको थियो । जसलाई रामोसले सही सदुपयोग गरे । ८५औं मिनेटमा मोराटाले पेनाल्टी मार्फत अर्को गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । मोराटालाई फिलिप हेलेन्डरले लडाएपछि स्पेनले दोस्रो पेनाल्टी पाएको थियो । ८७औं मिनेटमा माइकलले गोल गर्दै स्पेनलाई सहज जित दिलाए ।

यस जितसँगै समूहमा अपराजित स्पेनले चार खेलबाट १२ अंक बनाएको छ । स्पेन समूहको शीर्ष स्थानमा छ । पहिलो हार खेपेको स्वीडेन सात अंक सहित दोस्रो स्थानमा छ । यही समूहको अर्काे खेलमा रोमानियाले माल्टालाई ४–० गोल र नर्वेले फारोय आइसल्यान्डलाई २–० गोलले पराजित गर्यो । जितसँगै चार खेलबाट सात अंक बनाएको रोमानिया तेस्रो स्थानमा छ । माल्टा तीन अंकसहति पाँचौ स्थानमा छ । पाँच अंक बनाएको नर्वे चौथो स्थानमा छ । अंक विहिन आइसल्यान्ड तालिकाको अन्तिममा छ ।

युरो कप अन्तर्गत सोमबार राति भएको समूह ‘ए’ को खेलमा कोसोभोले बुग्लेरियालाई ३–२ र चेक रिपब्लिकले मोन्टेनेग्रोलाई ३–० गोलले हरायो । समूह ‘बी’ को खेलमा सर्वियाले लिथुवानियालाई ४–१ र युक्रेनले लकजम्बर्गलाई १–० गोलले हरायो । यस्तै समूह ‘डी’ को खेलमा डेनमार्कले जर्जियालाई ५–१ र आयरल्यान्डले गिव्रालटारलाई २–० गोलले पराजित गरेको छ । समूह ‘जी’ को खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ४–१, स्लोभेनियाले लात्भियालाई ५–० र पोल्यान्डले इजरायललाई ४–० गोलले पराजित गरेको छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप