शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रम ओलीको व्यस्तता : अक्सफोर्डमा सम्बोधन, लण्डन - पेरिसको रेलयात्रा

मङ्गलबार, २८ जेठ २०७६, १३ : ११
मङ्गलबार, २८ जेठ २०७६

- बिपिन निरौला

लन्डन।  प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणको क्रममा  सोमबार अपरान्ह बेलायत आइपुगेका छन्। स्वीजरल्याण्डको जेनेभामा  विश्व श्रम संगठन ,आइएलओको  सम्मेलनमा सहभागी भएर प्रम ओली बेलायत आइपुगेका हुन्।  बेलायत आउनेबित्तिकै प्रम ओलीले अक्सफोर्डमा  आयोजित एक समारोहलाई सम्बोधन गरेका थिए।

प्रम ओलीको सम्मानमा मंगलबार बेलायतको संसद्को "नेपाल अल पार्टी पार्लियामेन्ट ग्रुप "का अध्यक्ष्य एबम सांसद बिरेन्द्र शर्मा तथा  "ब्रिटिश  ग्रुप इन्टर पार्लियामेन्ट यूनियन" का अध्यक्ष्य एबम सांसद जोहन व्हिटिंगेल् , ओबीइद्वारा संयुक्तरुपमा आयोजित दिवाभोजमा उपस्थित हुने कार्यक्रम रहेको छ। 

मंगलबारनै प्रम ओलीको बेलायतकी प्रधानमन्त्री टेरेसा  मेसँग औपचारिक भेटवार्ता हुने बताइएको छ।

प्रम ओलीले बेलायतकी महारानीका प्रतिनिधिको रुपमा उनकी नाति राजकुमार ह्यारीसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ । 
नेपालका प्रधानमन्त्री र बेलायतका राजकुमार ह्यारीबीच हुने भेटबार्तालाई बेलायतको राजपरिवारले नेपालसँगको २०० वर्ष भन्दा बढीको पहिलो कुटनीतिक सम्बन्धलाई दिएको विशेष महत्व दिएको रुपमा विश्लेषण गरीएको छ । 
 मंगलबार नै प्रमा ओलीसँग बेलायतस्थित भुतपुर्ब गोर्खा ब्रिटिश सैनिक र तिनका संगठनका प्रतिनिधिहरु , गैर आबसिय  नेपाली संघ लगायतका संघ-सस्था र तिनका प्रतिनिधिहरुले आ-आफ्ना मागसहितको भेटघाट कार्यक्रम रहेको बुझिएको छ। 

१२ जुनमा प्रधानमन्त्री ओली  लण्डन बाट रेल चढेर फ्रान्सको राजधानी पेरिस जाने बताइएको छ। त्यसअघि प्रधानमन्त्री ओलीको सम्मानमा बेलायतस्थित नेपाली राजदुत डा दुर्गा बहादुर सुबेदीले १२ जुनको बिहान आयोजना गर्ने रिसेप्सनमा सहभागी हुने कार्यक्रम छ । त्यसकालागि दुताबासले बेलायतस्थित विभिन्न संघ- संस्था, पत्रकारहरु  र  विशिष्ठ व्यक्तिहरुलाई  निमन्त्रणा समेत पठाइसकेको छ।

फ्रान्समा प्रम ओलीले त्यहाका  राष्ट्रपति इम्यानुयल म्याक्रोंसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ । उनले नेपाल र फ्रान्सको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा आयोजित एक विशेष कार्यक्रममा सहभागी बताइएको छ । 

समाचारका अनुसार , फ्रान्स भ्रमणका क्रममा प्रम ओलीले ३२ अर्बको लगानीसहित नेपाली आकाशमा प्रक्षेपण गर्न लागिएको भू–उपग्रहसम्बन्धी सम्झौतामा समेत नेपाल र फ्रान्सले हस्ताक्षार गर्ने कार्यक्रम रहेको जानकारी रातोपाटीलाइ प्राप्त भएको छ । प्रम ओली फ्रान्सबाट नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा  उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली,  परराष्ट्र सचिव शंकरदास वैरागी,  प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमाल ,वैदेशिक मामिला सल्लाहकार राजन भट्टराई, प्रेश सल्लाहकार ,सरकारी संचारमाध्यमका प्रतिनिधि एबम पत्रकारहरु  लगायत सहभागी रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप