शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानका पूर्व राष्ट्रपति भ्रष्ट्राचार मुद्दामा पक्राउ

मङ्गलबार, २८ जेठ २०७६, १६ : ५४
मङ्गलबार, २८ जेठ २०७६

एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अलि जरदारी सोमबार भ्रष्टाचार मुद्दामा पक्राउ परेका छन् ।

जरदारीको पक्राउले प्रतिपक्षी पाकिस्तान पिपुल्स पार्टीलाई धक्का लागेको छ । पाकिस्तानी मिडियाका अनुसार उनी जाली बैंक खाता र कालो धनलाई सेता बनाएको आरोपमा पक्राउ परेका हुन् । 

जरदारी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टोका श्रीमान हुन् । उनलाई देशको भ्रष्ट्रचार विरोधी संस्था नेसनल एकान्टिविलिटी ब्युरोले पक्राउ गरेको थियो । 

मिडिया अनुसार एनएबीले बैंक खाता र कालो धनलाई सेतो बनाउने विषयमा अनुसन्धानका लागि जरदारीसँगै उनकी बहिनी फरयाल तलपुरलाई पक्राउ गरिएको हो । 

पूर्व–राष्ट्रपति र तलपुरले पहिलेदेखि कुनै गल्ती नगरेको भन्दै आएका छन् । तिनले राजनीतिक उदेश्यले पीपीपीमाथि मुद्दा अघि बढाइएको आरोप लगाएका छन् । 

तर सरकारले भने यसको खण्डन गरेको छ । ‘जरदारीको पक्राउमा सरकारको कुनै भूमिका छैन ,’ गृह मन्त्री एजाज शाह संसदमा भने ,‘यो एनएबीले गरेको हो । हाम्रो सरकारको यसमा कुनै लिनुदिनु छैन ।’
जर्दारी विगतमा पनि भ्रष्टाचार मुद्धामा जेल परेका थिए । सन् २००८ मा राष्ट्रपति बन्नु अघि उनले ११ वर्ष जेलमा बिताएका थिए । 

पूर्व व्यापारी जर्दारी उनको श्रीमती बेनेजीर भुट्टोको हत्यापछि सन् २००८ मा सत्तामा आएका हुन् । पाकिस्तानको दुई पटककी प्रधानमन्त्री बेनजिरलाई इस्लामिक उग्रवादीले आत्मघाती आक्रमणमार्फत मारेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप