शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अतिक्रमणमा गरी भोगचलन गर्दै आएको जग्गा विद्यालयको नियन्त्रणमा

मङ्गलबार, २८ जेठ २०७६, १९ : ५०
मङ्गलबार, २८ जेठ २०७६

बर्दिबास– महोत्तरीको बर्दिबास नगरपालिका वडा नं २ स्थिति जनता माध्यमिक विद्यालयले अतिक्रमणमा परेको जग्गा मंगलबार बिद्यालयले आफ्नो स्वमित्वमा लिएको छ । बर्दिबास नगरपालिका वडा नं ८ हाथिलेटको १५ नम्बर बहादुर गञ्ज १ (ख) कित्ता नं ५६  मा पर्ने १३ कट्ठा साढे सात धुर जग्गा  स्काइभेर प्रयोग गरेर साँध सिमाना छुट्याई  प्रहरी प्रयोग गरेर नियन्त्रणमा लिएको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण महतोकाअनुसार तात्कालीन समयमा हालको बर्दिबास नगरपालिका वडा नं २ घर भएका प्रजापति भट्टराईको नाममा रहेको सो जग्गा होतनाथ तिमल्सिना र उनका भाई मणिराज तिमल्सिनाले भोगचलन गर्न नदिएपछि बाध्य भएर विद्यालयको नाममा चन्दास्वरुप २०३० सालभन्दा अघि नै रजिष्टेशन पास गरिदिएको बताए । उनी सोही जग्गाको पीरले २२ बर्षअघि बर्दिवासबट  सुनसरीको चतरा झुम्का भन्ने ठाउँमा बसाइ सरेर गएका थिए  । 

विद्यालयको हालको नयाँ समिति २०७३ भदौ २७ गत्त चयन भएपछि विद्यालयको चलअचल सम्पतिको  व्यापक खोजी  भयो । त्यसैक्रममा सो जग्गा विद्यालयको नाममा रहेको तथ्य जिल्ला मालपोत कार्यलय जलेश्वबाट खुल्न आएपछि विद्यालयले सो जग्गा आफ्नो मातहतमा लिएको हो । 

महतोका अनुसार विद्यालयको स्वामित्वमा रहेको उक्त जग्गा  भोगचलन गर्दै आएका तिम्लसिना दाजुभाइलाई नयाँ समितिले  पटक-पटक तीन वर्षदेखि पत्रचार गरेपनि अटेर गर्दै आएकोले आफूहरुले बाध्य भएर बल प्रयोग गर्नुपरेको बताए । सो जमिनमा आँपको बोट,उखु,मकै जस्ता नगदेबाली लगाएर वर्षौदेखि उनीहरुले भोग चलन गर्दै आएका थिए । 

यता,तिमल्सिना दाजुभाइका अनुसार विद्यालयको स्वमित्वमा रहेको भनिएको उक्त जग्गा वर्षौ सम्म पनि विद्यालयले खोजी नगरेको र आफूहरुलाई उक्त जग्गा विद्यालयकै हो भन्ने तिन वर्ष अघि सम्म थाहा भएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप