शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुण्यतिथीमा प्रियंकाले पितालाई याद गर्दा ससुराले भने, ‘हाम्रो सबै प्रेम  तिमीलाई, प्रिय बुहारी’

बुधबार, २९ जेठ २०७६, ०९ : ५८
बुधबार, २९ जेठ २०७६

सोमबार बलिउड नायिका प्रियंका चोपडाका पिता अशोक चोपडाको छैटौं पुण्यतिथी थियो । बुवालाई स्मरण गर्दै उनले इन्स्टाग्रामा एउटा भावुक पोष्ट लेखिन् । उक्त पोष्टमा उनका ससुरा पल केविनले उनलाई सान्त्वना दिँदै मायालु मेसेज लेखेका छन् ।

प्रियंकाले आफ्नो पिताको पुण्यतिथीमा एउटा पुरानो तस्बिर सेयर गर्दै पितालाई याद गरेकी थिइन् । फोटोसँग उनले क्याप्सनमा लेखिन्, ‘६ वर्ष बित्यो । तर यस्तो लाग्छ कि हामीले हिजो मात्रै तपाईंलाई गुमाएका थियौं । मलाई तपाईंको निक्कै याद आउँछ ड्याड ।’

यो पोस्टमा उनका ससुरा पलले लेखे, ‘हाम्रो प्रेम तिमीसँग छ, मेरी प्यारी बुहारी । तिम्रो बुवाको स्थान कसैले पनि ओगट्न सक्दैन । तर यहाँ हामी तिम्रो मन नजिक छौं । हाम्रो प्रेम र समर्थन तिमीसँग छ ।’

प्रियंकाको ससुराको कमेन्टः

निकले पनि गरिन् कमेन्टः

प्रियंकाको यो पोस्टमा उनका श्रीमान् निक जोनले पनि कमेन्ट गरेका छन् । उनले पोस्टमा हार्ट इमोजी पठाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप