एनटिभी प्लसमा हास्य सिरियल ‘कुरा मात्रै भो’
काठमाडौं – एनटिभी प्लसमा हाँस्यसिरियल ‘कुरा मात्रै भो’ प्रसारण हुन थालेको छ । हास्य सिरियल ‘कुरा मात्रै भो’ प्लसबाट हरेक शुक्रबार साँझ ८ बजे प्रसारण हुन थालेको हो ।
अर्जुन गौतम र भोला अधिकारीको निर्देशन रहेको सिरियल जेसिका इण्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । केही साताबाट प्रसार सुरु भएको सिरियल दर्शकको रुचीमा पर्न सफल भएको छ ।
अहिलेको समय सापेक्षलाई हास्य खुराकले दर्शकलाई मनोरञ्जन दिने निर्देशक गौतमले बताए । निर्देशक गौतमका अनुसार सिरियलमा कमेडी , राजनितिक विषयवस्तु आधारित बढि टार्गेट गरिएको निर्देशक गौतमले जानकारी दिए ।
सिरियलमा उत्तम अर्याल कोदे, लक्ष्मण चौंलागाई , जयराम सापकोटा, धर्मराज आचार्य (स्याल बुढो), भोला अधिकारी, दिनेश तामाङ, पनिशा कार्की, सुमित्रा रिमाल, रामचन्द्र थापालगायत नयाँ पुराना कलाकाहरुले अभिनय गरिहेका छन् । कलाकार भोला अधिकारीका अनुसार यो सिरियललाई दर्शकले मन पराइदिनेमा आफू विश्वस्त रहेको बताए ।
सिरियलमा साहित्यकार सनत आचार्यको कथा पट कथा रहेको छ । राम चन्द्र थापाको प्रस्तुति रहेको छ । जसमा कमल श्रेष्ठ निर्माता, क्यामरामा जनक राज अधिकारी, सम्पादन राज श्रेष्ठ, कार्यकारी निर्माता राजु श्रेष्ठ रहेका छन् । साथै दर्शक श्रोताहरुले युट्युब च्यानल जेशिका इन्टरटेन्मेन्टबाट पनि हेर्न पाउने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा
-
विद्यालय समयमा अन्यत्र काम गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी
-
राप्रपाका पूर्वकेन्द्रीय सदस्य बलबहादुर केसीको निधन