केन्द्रीय संस्करण

समाजको म एक नारी

person explore access_timeजेठ २९, २०७६ chat_bubble_outline1

–बबिता पोखरेल

यही समाजमा जन्मेकी, यही समाजमा हुर्केकी बढेकी अनि यही समाजमा बाँचिरहेकी यही समाजले बनाइदिएका र तोकिदिएका नियम कानुनलाई मान्दै आफ्नो जिवनलाई अघि बढाइरहेकी ४० वर्षीय एक अविवाहित साधारण नेपाली नारी हुँ म । 

अविवाहित महिलाले समाजमा धेरै किसिमका लाञ्छना सहनुपर्छ । हरेक कुराका दुई पाटा हुन्छन् । सबै विषयमा नकारात्मक पक्ष र सकारात्मक पक्ष बराबर हुँदैनन् । कुनै विषयको सकारात्मक पक्ष बढी हुन्छ भने कुनै विषयको नकारात्मक । कसले के कुरालाई बढी महत्व दिएको छ भन्ने कुरामा भर पर्छ । के अविवाहित रहनु अभिशाप हो वा समाजले हेर्ने दृष्टिकोण यस्तो हो ? अविवाहित रहर हो कि बाध्यता ? यिनै विषयमा मैले थोरै चर्चा गरेकी छु । 

जीवन जिउन साथीको आवश्यकता पर्छ, किन एक्लै जीवन बिताउने ? भन्नेहरू पनि यहाँ धेरै छन् । तर जब जिउनेलाई एक्लै जिउँछु भन्ने लाग्छ भने किन कसैको करकापमा आएर विवाह गर्नुपर्याे ?  हाम्रो समाजमा अविवाहित प्रतिष्ठित महिलाहरू पनि छन् । 

राजनीति, कलाकारिता, पत्रकारिताजस्ता विभिन्न क्षेत्रमा रहने अविवाहित महिलालाई पक्कै पनि आफ्नो स्थान बनाउन कठिन भयो । आफ्नो जीवन जसलाई जसरी सहज हुन्छ, त्यसैगरी बाँच्न पाउनुपर्छ । यद्यपि यो समाजमा अविवाहित महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ । ती महिलाहरूमाथि समाजले अनेक प्रश्न उठाउँछ । किन विवाह नगरेकी ? 

तिमी एक्लै कसरी बाँच्छ्यौ ? गह्रो हुँदैन ? बुढेसकालमा के गछ्र्याै  ? मरेपछि क्रिया कसले गर्छ ? भन्ने प्रश्न मेरो जीवनमा पनि नआएका होइन । त्यसलाई सहज ढङ्गमा लिएर समाजको यही गलत सोच परिवर्तन गर्नुपर्छ भन्दै पुरुषविनाको एक्लो जीवन अधुरो हुन्छ भन्ने मान्यता गलत हो । 

जीवनको अविरल यात्रा एक्लै पनि पार गर्न सकिन्छ भने किन बाँधिनुपर्याे बन्धनमा ? जन्मिनु, विवाह गर्नु, सन्तान जन्माउनु मात्र हो जीवन ? अवश्य होइन । त्यसैले अविवाहित रहनु रहर हो, अभिशाप होइन । 
जसले जसरी बुझे पनि जसरी व्याख्या गरे पनि अविवाहित रहनु आफैमा चुनौती हो । मेरो ३ दिदी  २ दाजु र १ बहिनी छन् ।

 म सात सन्तानमध्येकी छैटौँमा पर्छु । मलाई मेरो परिवारले विवाह गर्नु पर्छ वा विवाह नगर भनेर दबाब पनि दिएका छैनन् । मैले विवाह गरिनँ, मलाई अंश चाहियो भनी मैले कहिले आवाज पनि उठाइन र उठाउदिन पनि बरू कहिले काहीँ आफूले सकेको केही सहयोग गर्दै आएकी छु । घरमा अभिभावकहरूले पनि यो उमेरसम्म यसले विवाह गरिनँ । यसले पाउने अधिकार हामीले दिनुपर्छ भन्ने भावना व्यक्त गरेको छन् । 

मेरो ठाउँमा छोरो भएको भए । उसले पाउने अधिकार ऊ जसरी भए पनि लिइसक्थ्यो र दिनेले पनि दिइसक्थे  यसैबाट स्पष्ट हुन्छ की हाम्रो नेपाली समाज अहिले पनि छोरा र छोरीको मतभेदमा अल्झिएको छ । यो सबै आफैमा भर पर्ने कुरा हो । छोरी नै भए पनि छोरा सरह केही गर्न सक्छु भन्ने आँट हिम्मत गर्न सके समाजमा जे पनि गर्न सके समाजमा जे पनि गर्न सकिन्छ भन्ने दृढ विश्वास लिएर अघि बढने प्रयास गरेकी छु । 

धेरैतिरबाट विवाहको कुरा आए । धेरै विवाहको कुरा गरे पनि मलाई खासै प्रभाव परेन । अविवाहित त्यो व्यक्ति मात्र बस्न सक्छ । जसको आत्मा विश्वास र आत्माबल बलियो हुन्छ । देखासिकीका आधारमा विवाह गदिनँ भनेर बस्नु हुँदैन । त्यसरी बसे  व्यक्तिको जीवन घर न घाटको हुन्छ ।  म भन्छु जुन कुराका लागि पनि मनबाट आँट र हिम्मत आउनुपर्छ । आँट अनि हिम्मत भए एक्लै बाँच्न सकिन्छ । मेरो आमा अनि ठूली आमा भन्नुहुन्छ बरू कुनै धार्मिक संस्थामा गएर बस तर अब विवाह नगरे पनि हुन्छ । मैले उहाँहरूकै प्रेरणाले अविवाहित बस्ने अठोट गरे । 

गीतामा लेखिएको छ, ‘जे भो राम्रै भो, जे हुन्छ राम्रैका लागि हुन्छ । भविष्यका बारेमा सोचेर चिन्तित हुनुहुँदैन । चिन्ताले मान्छेलाई चितामा पु¥याउँछ भन्ने कुरा सबैलाई थाहा भएकै हो । त्यसैले बितेका दिनमा के भयो विगतमा भएका कमी कमजोरीहरूलाई सुधार्ने र वर्तमानमा रमाउन सके जीवनयापन गर्न कठिन हँुदैन सहज तरिकाले जीवन यापन गर्न सकिन्छ । समाजमा यस्ता धेरै महिला छन् जो विवाह गरेर पछुताइरहेका छन् । 

सबैलाई त्यस्तै हुन्छ भन्ने पनि होइन । विवाह आफ्नो इच्छामा भर पर्ने कुरा हो । एक्लै पनि जिउन सकिन्छ । विवाह बन्धनमा बाँधिनै पर्छ भन्ने छैन । हिजोका दिनमा अविवाहित महिलाले धेरै समस्या भोग्नुपरेको थियो । अहिले हिजोको जस्तो अवस्था छैन । धेरै परिवर्तनहरु भएका छन् । 
जन्मिनु, विवाह गर्नु, सन्तान जन्माउनु मात्र जीवन होइन । जीवनको अविरल यात्रा एक्लै पनि पार गर्न सकिन्छ भनविवाह बन्धनमा रहनुपर्छ भन्ने होइन ।

प्रत्येक नारीका लागि हिजोका दिन पक्कै पनि सहज थिएनन् । हिजो छोरी रजस्वला नहुँदै कन्यादान गर्न पाए आमाबाबुले मोक्ष प्राप्त गर्छन् भन्ने संस्कार थियो । हामी महिलामा पुरुषमा भन्दा बढी सहनशीलता, लगनशीलता, धैर्य, इमानदारिता एवं आत्मविश्वास हुन्छ । अविवाहित रहँदा स्वतन्त्रता हुन्छ । सबै निर्णय आफैले गर्न पाइन्छ । 

स्वनिर्भर भइन्छ भने समाजप्रति जिम्मेवारीबोध पनि हुन्छ । समाजमा विभिन्न आरोप–प्रत्यारोपबीच अविवाहित महिलाहरूले धेरै किसिमका लाञ्छना सहनुपर्छ । जीवन जिउन साथीको आवश्यकता पर्छ, किन एक्लै जीवन बिताउने ? भन्नेहरू पनि धेरै छन् । आज आम नेपाली नारी विभिन्न युग र शताब्दीको कालखण्ड पार गर्दा पनि पितृसत्तात्मक सोच र चिन्तनको सङ्कुचित घेराबन्दीबाट उम्किन सकेका छैनन् । 


हुन त अविवाहित नारीलाई घर समाजले हेर्ने दृष्टिकोणमा पनि फरक पर्छ । विषेशतः आफ्नो दाइ भाइका बालाबाल जन्मेदेखि हुर्काउने, हेरचाह गर्ने, दिसा पिसाब सफा गर्ने त्यही अविवाहित नन्द आमा नै हुन्छे । तर पनि ऊ क्रमशः आफ्नै जन्म घरमा पनि ऊ विस्तारै अपमानित हुन थाल्छे । यसलाई अंश दिनुपर्छ । दाजु भाइमा हामी बराबर अंश लान्छे भन्ने एक प्रकारको डर हुन्छ भने भाउजु बुहारीबाट अनेकौँ अपशब्द पनि सुनिन्छ । 

अंश खान बिहे नगरी बसेकी यसको लागि कोही जन्मेको पनि रहेनछ, जानु नि एउटासँग पोइल जस्ता तिखा शब्दले वाण पनि हान्ने गर्छन् ।  तर भोलिका भविष्य कसले पो देखेको छ । के थाहा त्यही अविवाहित नन्दले,आमाजुले भाउजु बुहारीको हेरचाह गर्नु पर्छ कि ? अविवाहित महिलाप्रति घर परिवार अनि समाजले हेने हेर्ने दृष्टिकोण नै साँघुरो छ । 

महिलालाई कहीँ न कहीँबाट समाज र घर परिवारले दुर्बल नै मानिरहेकै अवस्था छ । हो समाज बदलिएको छ, व्यवस्था बदलिएको छ तर पनि अविवाहित नारीहरूलाई हेर्ने दृष्टिकोण खासै बदलिएको देखिदैन । हामी अविवाहित नारीले अझै पनि घर अनि समाजभित्र धेरै चुनौतीको सामना गर्नुपरेको छ । पहिलेको तुलनामा केही समानता त छ  तर पनि न्यायोचित रूपमा अविवाहित नारीका लागि कार्यनीति नै बनेको छैन । त्यसैले अविवाहित महिलाका हकमा राज्य पक्षले पनि केही निति नियम तर्जुमा गर्नु आवश्यक छ । यसबाटा हामी जस्ता अविवाहित नारीलाई  कुनै पनि सामाजिक, आर्थिक र राजनीतिक तत्वहरूले खासै असर पार्दैन ।  हरेक क्षेत्र पेसा व्यवसायमा अविवाहित नारीहरूलाई मान्यता दिनुपर्छ । अविवाहित नारीले यो सङ्घर्षलाई निरन्तरता दिन सक्नुपर्छ ।  त्यसैले सबभन्दा पहिले अविवाहित नारीहरूले आफ्नो मनोबल उच्च बनाउन जरूरी छ । कमजोर मानसिकताबाट सधैँ टाढा रहेर अगाडि बढेको खण्डमा अविवाहित नारीहरू पनि समानरूपमा सबै क्षेत्रमा अगाडि बढ्न सक्छन् यसमा दुई मत छैन ।  

अविवाहित महिला विश्वका सबैभन्दा खुसी मानिसमा पर्छन् । हालसालै एक नयाँ वैज्ञानिकले गरेको एक अनुसन्धानमा पनि बाल बच्चा नभएका अविवाहित महिलाहरू विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ । शीर्ष मनोविश्लेषकहरूको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो ।
 
एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिला घरेलु जिम्मेवारीको बोझ उठाइरहेका आफ्ना साथीहरूको तुलनामा अधिक स्वस्थ र लामो जीवन जिउने गरेको वेल्सस्थित प्रोफेसर डोलानले बताएका हुन् । डोलान लन्डन स्कुल अफ इकोनोमिस्कसमा व्यावहारिक विज्ञानका शीर्ष विश्लेषक हुन् । यस्तोमा सबैभन्दा पछिल्लो डाटाले पनि ‘खुसी रहन र सुखी जीवन बिताउन विवाह र मातृत्व जस्ता सामाजिक सफलताका पारम्परिक उपाय नै अपनाउनुपर्छ भन्ने जरूरी नभएको सङ्केत गरेको उनले बताए । यी विषयहरू खुसी जीवनको स्तरसँग सम्बन्धित नहुन पनि सक्ने उनको भनाइ छ । 

उनका अनुसार एक्लो रहनुसँग सम्बन्धित समाजको नकारात्मक धारणाले गर्दा नै आज धेरै महिलाहरू बेखुसी छन् । उनले धेरै अभिभावकसँगको आफ्नो खुलस्त अन्तक्र्रिया र विवाहबारे सामान्य अवस्थामा अध्ययन गरेपछि यस्तो तथ्य फेला पारेको बताएका हुन् ।  यसरी महिलामा एक्लो जीवन बिताउनुका फाइदाबारे यो पहिलो पटक उल्लेख गरिएको होइन । 

यसअघि पनि मनोविश्लेषकहरूले यस विषयमा प्रकाश पारिसकेका छन् । 
केही समय अगाडि मात्र इतिहासविद् डाक्टर बब निकोल्सनले १८८९ को टिट–बिट्स म्यागजिनको कपी ट्विटरमा पोस्ट गरेका थिए जुन १९औँ शताब्दीमा एक्ला महिलाले कस्तो महसुस गरिरहेका छन् भन्नेबारे रहेको थियो । यसमा ‘तपाईं उमेर कटिसकेपछि पनि किन एक्लो हुनुहुन्छ  ? भन्ने प्रश्न गरिएको थियो । जसको जवाफमा त्यस बेलाका थुप्रै महिलाहरूले आफू एक्लो जीवनमै धेरै रमाउने गरेको भन्ने जस्ता टिप्पणी दिएका छन् ।
 

कमेन्ट

  1. June 12, 2019, 3:35 p.m. Asmita thapa
    समाजको एक पात्र नारि जब सृष्टिको रचना भयो, त्यसैगरी समयक्रम सँगसँगै नर-नारि को जन्म भयो। मानव सभ्यताको सुरुदेखि अनत्यसम्म नै सृष्टि धान्नको लागि एक पाटोमा नारिको अहम भुमिका रह्यो। एउटा नयाँ जिवन प्रदान गर्ने स्त्रीनै नारि हो । नारिको सुयोग्य शक्तिले नै यो सारा बर्हामान्डलाई उज्यालो तर्फ मोडीरहेको छ। नारिको अपार शक्तिले नै यो सारा धर्तिमा मानिसको अस्तित्व रहेको छ।‌‌ नुनिला आशुँका धारा पिएर अमृतमय दुध पिलाउन सक्ने नारिसृष्टिका संमरक्षक हुन।नारिले आमा,श्रीमति,दिदी,बहिनी,भाउजू,विभन्न रुपमा आफ्नो भुमिका निर्वाह गरेका छन् ।यि हरेक नाता कति मिठा र आत्मिय छन्‌। आमा बनेर सन्तामलाई दिएको न्यानो काख,एउटा पाङग्रा बनेर श्रीमान‌लाई पुर्‍याएको सहयोग,बहिनी बनेर दाईबाट पाएको त्यो माया र स्नेह अनि दिदी बनेर भाइप्रति पुरा गरेको जिम्मेवारी साच्चै शब्दमा बणन गर्न सकिँदैन ।साच्चिकै नारि एक महानताकी खानी हुन।त्यसैले प्राचिन कालदेखि एक नारि अनेकौँ रुपमा परिचित छन् ।देवी,सरस्वती र लक्ष्मी भनेर पुजा गरिन्छ।जहाँ नारिको पुजा हुन्छ,त्यहाँ देवताको बास हुन्छ भन्छन् तर यहाँ हाम्रो समाजमा ठिक विपरीत भैरहेको छ।नारिलाई हरेक कुराबाट बुझाइएको छ यहाँ । हिजो भुरभुर गरदै उड्ने एउटा मैनाचरी आज पखेटा भाचिँएसरि अरुको घरको पिन्जडामा थुनिएकी छिन् ।हिजो एउटा गाईको बाच्छी दुध खादा खादै छुट्टिएर आज अरुको घरको भकारोको दाम्लोमा बाधिएकी छिन् ।हिजो लेखमा फुलेका ति लालिगुँरास अाज बेसीको रुखो माटोमा झुम्रिएका छन् ।हिजो मगमग बासना छर्दै फुलेका ति चम्पा चमेली आज पुरै काडाँमा परिणत भएका छन् ।हो यस्तै छ नारिको जिवन।विवाह नगर्दै स्वतन्त्र अाकाशमा चराहरु उडेसरी हुर्केका कय्यौ नारि एक्कासि विवाह पछाडि दमन र शोषण पशुसरह जिवन गुजारीरहेका छन् ।जस्को जिन्दगी पुरै स्वग बाट नर्कमा परिणत भएको छ।२१औ शताब्दीसम्म आईपुग्दा पनि समाज अझै अन्धकारमा रोमलिरहेको छ।किनकि यहाँ पृतृसतात्मक सोचले जरा गाडीरहेको छ।नारिहरु दृष्टि भएर पनि दृष्टिविहीन सरी बाँच्नु पर्याछ,सपाङ्ग भएरपनि अपाङ्गसरि जिवन गुजारनु पर्याछ।मिडियाहरुमा दिनखाली छैन महिला हिंसा, बलात्कारका समचार सुन्न।हिजो नेपाली नारिहरु मुम्बैका कोठीमा बेचिएका थिए भने आज अाफ्नै घरमा बेचिएका छन्,आफ्ना बा भनौदा दा भनौदा हरुबाट।अझैपनि नारिलाई पुरुषले आफुलाई भमरा बनाउने र महिला लाई फुलसगँ तुलना गरेर रस चुसेर फालिदीन्छन्।बर्षनौ हजारौं चेली बेचिन्छन यहाँ,यस्को रोकथाम छ कहाँ?नारिहरुले,नारिहुनुको पिडा,बोध र अपमानको ज्वालामुखी कति खुम्चाएर बसेका होलान्? नारिहरुले भोग्ने मानसिक पिडाको ओखती कहाँ होला? महिला हिसां सम्बन्धी अदालतमा मुद्दाहरु रंगमन्चमा धोजापतका सरी सजिएका होलान,तर यसको न्याय दिलाउने न्यायाधीश रमिता हेबेर बसेका छन् ।नारिहरुले यस धर्तिमा जन्म लिन कति सघर्ष गर्नपर्दछ।आमाको गर्वमा मानव अाकृती बन्न नपाउदै गर्वमै भ्रुण हत्या हुन्छ।जन्मीहाले पनि यो समाजमा अनेक तरहका अपहेलना खेप्नुपर्दछ।एउटा छोरी जन्मीन्छीन् हुरकिन्छिन अनि पराईघर जान्छिन त्यसपछि सुरुहुन्छ जिवनको अर्को बाटो,उनको जात फेरिन्छ,घर फेरिन्छ,ठाउँ फेरिन्छ अनि नमरुन्जेलसम्म पराईघरको चाकरी र त्यसैमाथि दमन र शोषणमा उनको जिन्दगी बित्छ।नेपालको पश्चिमी भेगमा कायम छाउपडी प्रथाका कारण अहिलेसम्म पनि तेहाँका नारिहरु कुनतहको जिवन गुजारी रहेका होलान् भन्ने प्रश्न खडा छ।नेपालको सन्दर्भमा कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरु अहिलेसम्म पनि विभेद,असामान्ता र अन्याय तथा विभिन्न खालका सिकार भैरहेका छन् ।अझैपनि यो समाज ढुङ्गेयुगमै स्थापित छ।छोरी मान्छेलाई रुनुहुदैन भनेर सिकाउने यो समाज,छोरा मान्छे लाई रुवाउनु भनेर कहिल्यै सिकाएन।दाइजो प्रथाका कारण विशेषगरी तराई भेगमा कय्यौ नारिहरु आगोको ज्वालामा जलिरहेका छन् ।अशिक्षा,गरिबी र बेरोजगारका कारण खाडी मुलुकमा जहाजमा चढी गएका महिलाहरु लास बनी काठको बाकसमा आइरहेका छन्,यो कस्तो बिडम्वना।हुम्ला,रुकुम,रोल्पा जस्ता कतिपय ठाउँहरुमा नारिको अतिसह्य अपहेलना,जबर्जस्ती विवाह जस्ता कुरा भैरहेको छ।एकपटकको कुरा वृद्धाअाश्रम खोलेर बसेकी एक सच्चा नारि दिलशोभा श्रेष्ठ उन्ले वृद्धाहरुकै सेवामा जिन्दगी बिताएकी थिइन्।एक्कासी उनलाई एक नराम्रो बलात्कार धन्दा चलाएकी भन्ने झुट अारोप लागेको थियो,नारिको राम्रो कामको पनि कदर छैन यहाँ । यदि नारिको कदर हुन्थ्यो भने आदर्शकी खानी सिता धर्तिमाता पुकारदै किन भासिन पर्दथ्यो?सत्यताकी प्रतिमुर्ति सतिदेविको कदर हुन्थ्यो भने यो धर्तिलाई सरापदै किन सतिजानु परथ्यो?यस्ता थुप्रै प्रश्नको सवाल जवाफ खोज्नु छ।एक नारि पतिको निधन पछि रातो चुरापोते,सिन्दुरबाट अछुतो रहन्छिन।अनि यो समाज उनलाइ विधवा को संज्ञा दिन्छ।नारिका कथा अनि व्यथा लेखेर सिङ्गो किताब बन्ला तर सकिदैनन् यि कहानी। हाम्रो नेपाली समाजमा नारि चेतनाको ज्यादै आवश्यकता छ।नारि सम्बन्धि अप्रिय घटनाको ९०% कारण नारि शिक्षाको कमि र चेतनाको कमिले नै हुन्छन् ।त्यसैले नारिलाई ज्ञान,गुन र चेतनाको टडकारो आवश्यक छ।एउटा बच्चा जन्मन्छ,हुरकन्छ अनि उस्को पहिलो पाठशाला परिवार हुन्छ।त्यसैले पहिला एउटी नारी शिक्षित भएपछि सबै परिवार नै शिक्षित बनाउछिन।एउटी नारि जस्तो समाज र संस्कारबाट आएतापनि आफ्नो सन्तानलाई सदैव राम्रो गर्न प्रोत्साहन गर्छिन,हट्नु होइन डट्नु भनेन सिकाउछिन,जिवनमा गलत नगर्न पाठ रटाउछिन्,सन्चो नहुदा सबै छोडी सन्तान सम्हालछिन।हो त्यसैले संसारमा सबैभन्दा महत्वपूण पाठ आमाले सिकाउछिन्,बुझनुहोस त अामा(नारि) कति महान छिन् ।तसर्थ नारिलाई शिक्षा दिलाउनु पर्दछ।आमाले छोरी,दिदीले बहिनी,भाउजु ले नन्दलाई स्कुल धकेलौ।अरुको मुख नताकौ,पुरुष लाई विपक्षी नठानी सहपाठी मित्रबनाइ हातेमालो गरौँ ।आफुलाई बच्चा जन्माउनौ मेसिन भन्ने यो पुरुषवादी सोचलाई परिवर्तन गरौं ।केही गर्रनुपर्छ भन्ने स्वजिवी भावानाको विकास गरौँ ।पहिले नारिले नारिको अपहेलना र खुट्टा तान्न छोडौ र हेरौ त अब केही वर्षमै नारिको अवस्था कतिमाथि उठ्दोरहेछ।म्यानमारकी नेत्री आङशाङ सुकिलाई हेरेर सघर्ष गर्न सिकौ।देशका छोरी /चेली हरुको रक्षाथ कानुनमा बलत्कारी लाई फासीको माग गरौँ ।यसैगरी विश्वपख्यात कर्मठ वयाक्तिको जीवनी हेरेर पाठ सिकौ,म्याडम क्युउी,फोलोरेन्स नाइटीङ्गल,जुनको तावेइ आदी जस्ता व्याक्ति प्रतिभा र शिक्षाको माध्यमबाट विश्वपख्यात भय भन्ने कुरालाई चिन्तनमनन् गरदै छोरीलाई शिक्षा दिलाउ।त्यसैगरी आम नेपाली नारिहरु गाउँ गाउँ,बस्ती बस्ती बाट उठेर एउटा मालाबनी एकताको सुत्रमा बाधियौ अनि आफुलाई परिवर्तन गर्न सिकौ समाज विस्तारै परिवर्तनशिल हुनेछ। ~अस्मिता थापा Study in LLB n M.Ed running Ktm Nepal Plz post my this article
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...