फिल्म ‘पायल’ को शुभसाइत
काठमाडौं – फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गर्न लागेको फिल्म ‘पायल’को शुभसाइत गरिएको छ । शुक्रबारदेखि छायांकन जाने गरेर फिल्मको शुभसाइत गरिएको हो ।
उपत्यकालगायत पूर्वको केहि स्थानमा छायाँकन हुने फिल्मका लेखक तथा निर्देशक दिनेश लिङ्देन हुन् । समाजमा बढिरहेका विद्यमान आपराधिक घटनाहरूलाई समेटेर थ्रिलर फ्लेभरको फिल्म बनाइने निर्देशक लिङ्देनले बताए ।
कविता राई लिङ्देनको लगानी रहने फिल्ममा रिया श्रेष्ठ, ध्रुव न्यौपाने, राजकुमार लिङ्देन नरेन्द्र सेन्दाङ, राजु घिमिरे, उदय सुब्बा, हस्त लिवाङ, दिलिप ठकुरी, आर पि दाहाल, अर्मान खान र एन्जिस प्रसाईंको मुख्य भूमिका रहनेछ ।
फिल्मका लागि नवनायक नरेन्द्र सेन्दाङ अमेरिकाबाट नेपाल आएका छन् । सेन्दाङ निजी व्यावसाय गर्दै विगत १५ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनकै पहलमा नेपालअघि फिल्मलाई हङकङ, अमेरिका, सिंगापुर, बेल्जियम प्रदर्शन गरिनेछ । सुमित लिङ्देन र सुदिता लिङ्देन प्रस्तुतकर्ता रहेको फिल्ममा विकास चौधरीको संगीत, ज्ञानु राईको छायांकन, कुमार श्रेष्ठको द्वन्द्व, दिनेश माङ्मुको नृत्य रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुलसनले नै लिए यूएईको तेस्रो विकेट
-
वर्तमान सत्ता समीकरण परिवर्तन हुँदैन : झलनाथ खनाल
-
गुलसनले लिए यूएईको दोस्रो विकेट, कुशल भुर्तेलको उत्कृष्ट क्याच
-
कांग्रेसलाई सभामुख धितालले भने– म रेफ्री हुँ, मिलाएरै लैजान्छु
-
मुख्यसचिव अर्यालसँग चार कूटनीतिज्ञले एकैपटक किन भेटे ?
-
‘खल्ती सुरक्षा प्लस’ : ७६० रुपैयाँमा ५ लाख ३० हजारको बिमा