शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तीन गाउँका स्थानीयबीच वडापालिका खोसाखोस हुँदा झोलाबाट सेवा !

बुधबार, २९ जेठ २०७६, १३ : २२
बुधबार, २९ जेठ २०७६

–रामहरि श्रेष्ठ
ओखलढुङ्गा– वडापालिका खोसाखोस हुँदा ओखलढुङ्गामा झण्डै डेढ बर्षयता झोलाबाट सेवा प्रवाह भैरहेको छ । ओखलढुङ्गाको मोलुङ गाउँपालिका २ स्थित वडा कार्यलय राख्ने बिषयमा भएको विवादले सेवा प्रभाबित भएको हो । 

स्थानीयबीच वडा कार्यलयको केन्द्र कहाँ राख्ने भन्नेमा खोसाखोस हुँदा सेवा प्रभावित भएको वडा कार्यालयले जनाएको छ । वडानम्बर दुईकै रामपुर, लामिडाँडा र ढुस्केका स्थानियवासीबीच कार्यालय आफ्नो पायक पर्ने स्थानमा राख्नुपर्ने माग आएपछि केन्द्र राख्ने विषयमा विवााद सुरु भएको हो । पालिका विवादले वडा कार्यालयको काम कारबाही प्रभावित भएको वडा सचिव दिपकुमार घिमिरेले बताए ।

रामपुर,लामीडाँडा र ढुस्केका स्थानियलाई आ–आफ्नो स्थानबाट सेवा दिन पुग्नुपर्ने बाध्यता यथावत रहेको उनले बताए । स्थानीयलाई सेवाका लागी हप्तामा दुईदिन छुट्याएर उनीहरुकै गाउँमा पुग्दा सेवा प्रवाहमा समेत समस्या रहेको उनको भनाई छ । 

हाल वडा कार्यलय राख्ने बिवादले कार्यालयका सामानहरु दुई स्थानमा राखिएका छन् । विवादका कारण वडा कार्यलय रामपुर र देउरालीबाट सञ्चालन भैरहेको छ । रामपुरमा रहेको कार्यलय वडा कार्यालय नभएर सम्पर्क कार्यालय रहेको भनिएको छ । 

कार्यलयभित्र वडा अध्यक्षको चेम्बर नै छैन । स्थानीयले स्थानीय तहको पुनसंरचनामै त्रुटी भएको आरोप लगाएका छन् । भौगोलिक हिसावले नमिलेको भूगोललाई वडापालिकाभित्र गाभिएकाले पालिका तोक्ने बिषयमा विवाद भएको मोलुङ गाउँपालिका २ रामपुरका स्थानिय तीर्थराज दाहालले बताए । विवादकै कारण वडा अध्यक्षले झोलाबाट सेवा दिदै आएको दाहालको भनाई छ ।

कार्यालय कहाँ राख्ने भन्ने विवादले वडा कार्यलयको बोर्ड समेत राख्न सकिएको छैन । हाल रामपुरबाट बोर्डबिनै कार्यालय सञ्चालन भइरहेको छ भने देउरालीको अवस्था पनि उस्तै छ । तर वडा अध्यक्ष टंकबहादुर कार्कीले भने पालिका राख्ने बिषयमा कुनै विवाद नरहेको दावी गरे । 

उनले दुबै क्षेत्रबाट सेवा दिने हिसावले दुई स्थानमा कार्यालय स्थापना गरेको बताए । भवन अभावका कारण स्थानीयलाई झोलाबाटै सेवा दिनुपरेको उनको भनाई छ ।

भौगौलिक अवस्था र स्थानीयको सहमतिका आधारमा वडापालिका राख्नुपर्ने प्रावधान छ । त्यसका लागि वडा अध्यक्षको संयोजकत्वमा वडा समिति गठन गर्नुपर्छ । स्थानीयले भने दुई बर्षमा समेत वडा पालिकाको केन्द्र नतोकिनु दुःखद् भएको भन्दै जनप्रतिनिधिले चासो नदिएको आरोप लगाउन थालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप