शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई महिना रिह्याब सेन्टरमा बसिन् ऋतिक रोशनकी दिदी सुनैनाः भन्छिन्, ‘आमा–बुवाबाट अलग्गिन चाहन्छु’

बुधबार, २९ जेठ २०७६, १३ : २५
बुधबार, २९ जेठ २०७६

ऋतिक रोशनकी दिदी सुनैनाले रक्सीको लतका कारण आफू दुई महिना रिह्याब सेन्टरमा बसेको खुलासा गरेकी छिन् । स्पटबोयको खबरका अनुसार उनले यो कुरा अन्तरवार्तामा बताएकी हुन् ।

रिपोर्टमा बताए अनुसार सुनैनाले आफ्नो असफल सम्बन्धका कारण रक्सी पिउन सुरु गरेकी थिइन् । जब यसै वर्ष जनवरीमा उनका पिता राकेश रोशन घाँटीको क्यान्सरको उपचारका लागि अस्पतालमा भर्ना भएका थिए तब उनी रिह्याब सेन्टरमा उपचार लिइरहेको उनले बताइन् ।

सुनैनाले यसकारण बताइन् आफ्नो कहानीः

सुनैनालाई विश्वास गर्ने हो भने आफ्नो कहानी सुनेर अरु मानिसहरु प्रेरित होउन् भन्ने उद्देश्यले यसबारे खुलासा गरेकी हुन् । धेरैले उनलाई मानसिक रोग लागेको भन्ने चर्चा पनि गरेका थिए, यसबारे प्रश्न सोध्दा उनी भन्छिन्, ‘सबै बकवास हो । मानिसहरुले मेरा बारे नयाँ अफवाह फैलाइरहेका छन् । कसैले म अस्पतालमा भर्ना भएकी छु भनेर झुटो खबर फैलाएका थिए । म स्वस्थ छु र मानसिक रोगी होइन । हो, केही मुद्दा भने पक्कै छन् ।’

म अभिभावकको घर छोड्न चाहन्छुः 

सुनैनाले मुद्दाबारे जानकारी दिँदै भनिन्, ‘म आफ्नो घर छोडेर अलग बस्न चाहन्छु । म लगातार आफ्ना अभिभावक (राकेश र पिंकी रोशन) को निगरानीमा बस्न सक्दिनँ । यस्तो नगर, रक्सी नपिउ, यो केटालाई नभेट । मेरा ड्याड र मम अत्यधिक प्रोटेक्टिभ भएका कारण आफूलाई क्लस्टरोफोबिक महसुस गर्न थालेकी छु । यदि मैले कुनै रात रक्सी पिएँ भने म कसरी जँड्याहा हुनसक्छु ? यदि म साथीहरुसँग पार्टी गर्छु भने यसमा के नराम्रो छ ? कुनै केटालाई भेट्दा के गलत छ ?’

पैसाको समस्याले अलग्गिन सकेको छैनः

जब सुनैनालाई आमा–बुवासँग अलग हुन आखिर कसले छोकिरहेको छ भन्ने प्रश्न सोध्दा उनले भनिन्, ‘पैसा छैन । अँधेरीस्थित ओबरोय स्प्रिंग्समा मलाई एउटा घर मन परेको थियो तर अत्यधिक भाडा चुकाउन सक्दिनँ । करिब एक महिनाअघि जुहुस्थित परिवारको घर छोडेर बान्द्राको एउटा होटलमा सरेकी थिएँ । उहाँहरुले शनिबार मलाई ललाईफकाई गरी फिर्ता लानुभयो । अब मसँग अलिकति पनि पैसा छैन । यदि ऋतिक अलग्गिन सक्छ भने म किन सक्दिनँ ?’

म मेरा आमा–बुवालाई अत्यधिक माया गर्छुः

सुनैना थप्छिन्, ‘म आफ्ना अभिभावकलाई अत्यधिक माया गर्छु । एकातर्फ म उहाँहरुको कुरा बुझ्छु तर आफ्नो स्पेस र घर पनि चाहन्छु । उहाँहरुले ममाथि विश्वास गर्न आवश्यक छ । म उहाँहरुलाई निकै माया गर्छु । के म गलत माग गरिरहेको छु ? ’

सुनैनाले दुईपटक विवाह गरिसकेकी छिन् । उनको पहिलो विवाह व्यवसायी आशिष सोनीसँग भएको थियो जसबाट उनको करिब २१ वर्षकी छोरी (सुरानिका) छिन् । सन् २००० मा यो जोडी अलग्गियो । सुरानिका अब अमेरिकामा पिता आशिष र सौतेनी आमा सोनालीसँग बस्छिन् ।

आशिषसँग सम्बन्धविच्छेद गरेको करिब १० वर्षपछि जनवरी २०१० मा सुनैनाले क्यानडाका व्यापारी मोहन नागरसँग विवाह गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप