शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युगान्डामा इबोला देखियो

बुधबार, २९ जेठ २०७६, १४ : १७
बुधबार, २९ जेठ २०७६

कम्पाला– युगान्डाका स्वास्थ्यमन्त्री जेन रुथ आसेङले युगान्डामा पहिलोपटक प्राणघातक इबोला रोगको संक्रमण देखिएको बताएका छन् ।  छिमेकी मुलुक कङ्गो नजिकको कासेस जिल्लाको पश्चिमी भेग निवासी एक पाँच वर्षीय बालकमा इबोलाको संक्रमण फेला परेको मन्त्री आसेङले बताए ।

 कङ्गोमा इबोलाको संक्रमण व्यापक रुपमा फैलिएसँगै युगान्डामा सतर्कता अपनाइएको थियो । सन् २०१२ मा युगान्डामा इबोला र मारबर्ग भाइरस फैलिएको थियो । उक्त संक्रमणका कारण इबोलाबाट २० जना र मारबर्गबाट ९ जनाको ज्यान गएको थियो ।

इबोला ज्यादै संक्रामक रोग हो । इबोला भएका मानिसको शरीरले अर्को व्यक्तिलाई छोएमा अर्को इबोला संक्रमित हुन्छ । उच्च ज्वरो, झाडा र आँखा रातो हुनु यस रोगको लक्षण हो ।  विश्व स्वास्थ्य संगठनका अनुसार इबोलाको ज्वरोबाट मानिसको मृत्यु हुने दर ज्यादै बढी हुन्छ अर्थात् यस रोगबाट पीडित व्यक्तिको मृत्यु हुने सम्भावना ५० देखि ८९ प्रतिशत रहन्छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप