बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादी जेल चलान

बुधबार, २९ जेठ २०७६, १६ : ०५
बुधबार, २९ जेठ २०७६

काठमाडौं– नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोबाट खटिएको टोलीले वैदेशिक रोजगार न्यायाधिकरणको विसं २०७१ माघको फैसलाअनुसार फरार रहेका काठमाडौँ महानगरपालिका–३२ का सुमन देउजालाई मङ्गलबार पक्राउ गरी आज जेल चलान गरेको हो । 

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक रेग्मीले विनोद बानियाँको जाहेरीका आधारमा एक वर्ष छ महीना कैद र रु एक लाख ५० हजार जरिवाना ठहर भएर फरार रहेका देउजालाई रानीवनबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका देउजालाई काठमाडौँ जिल्ला अदालतको आदेशानुसार कैद भुक्तानका लागि कारागार कार्यालय जगन्नाथ देवल पठाइएको प्रवक्ता रेग्मीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप