शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरटीको विजयी सुरुवात

बुधबार, २९ जेठ २०७६, १७ : ४५
बुधबार, २९ जेठ २०७६

काठमाडौं– एनआरटी क्लबले ललित स्मृति यू–१८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एनआरटीले च्यासल युवा क्लबलाई ४–१ गोलले हरायो । एनआरटीको जितमा रेजन माझीले खेलको पहिलो मिनेटमा गोल गरे । ४४ औं मिनेटमा च्यासलका सेरब लो तामाङले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा एनआरटीले तीन गोल गरेको थियो । एनआरटीका लागि कृतिशरत्न छुन्जुले ५४ औं मिनेटमा गोल गरे । ८१ औं मिनेटमा शुसान शर्मा धितालले पेनाल्टीमार्फत एक गोल गरे । ८७ औं मिनेटमा बिवेक राईले गोल गर्दै एनआरटीको जित सहज बनाए । 

असार ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका १४ क्लबले भाग लिएका छन् । लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगितामा सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । समूहको विजेता, उपविजेता र दुई वटा उत्कृष्ट तेस्रो टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले तीन लाख र उपविजेता टोलीले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप