शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोल्याण्ड–गार्रोस टुर्नामेन्ट र जुनियर वाइल्ड कार्ड सिरिजमा ओपो

बुधबार, २९ जेठ २०७६, १९ : ०२
बुधबार, २९ जेठ २०७६

काठमाडौं– फ्रान्सको पेरिसमा आयोजित रोल्याण्ड–गार्रोस टुर्नामेन्ट र जुनियर वाइल्ड कार्ड सिरिजमा ओपोले साथ दिएको छ । 

अग्रणी स्मार्टफोन ब्राण्ड ओपोसँग सहकार्य गरिएको टुर्नामेन्ट, मेन्स सिंगल प्रतिस्पर्धा अन्तर्गत डोमिनिक थिम माथी रफायल नडालको बिजयसँगै आधिकारिक रुपमा समापन भएको छ । विजयसँगै रफायल नडालले मस्केटर्स ट्रफी हात पारेका छन् । प्रतिस्पर्धाको अन्त्यमा आपोले सबै प्रतिस्पर्धीलाई हार्दिक प्रशंसाका साथै बधाई ज्ञापन गरेको छ ।

नोवाक जोकोविचको लगातार दशौं पटक रेकर्ड–ब्रेकिङ रुपमा टप ८मा सिमित रोल्याण्ड गार्रोस, सेमिफाइनलमा रफायल नडाल र रोजर फेडेररको ३९औं शोडाउन, एरिनामा नयाँ अनुहारका साथै पहिलो पटक सन् २००० पछि जन्मेकी अमान्डा एनिसिमोभाको ग्राण्ड स्ल्याममा टप ८ सम्मको यात्रा लगायत घटना यसपटक चर्चाको विषय रहे । 

नयाँ खेलाडीहरुका साथै नयाँ आइकनका रुपमा ओपोपनि यस पटक चर्चाको विषयका रुपमा रह्यो । रोल्याण्ड गार्रोसको प्रिमियम पार्टनर तथा स्मार्टफोन क्षेत्रकै एकल ग्लोबल पार्टनरका रुपमा ओपो लामो समयदेखिका पार्टनर रोलेक्स र ईमिरेट्सको साथमा देखिएको थियो ।

ओपोले खेलाडीका साथै उपभोक्तालाई समेत प्रतिस्पर्धा तथा दैनिकी दुबैमा सफलता हात पार्न प्रेरित गर्ने सोचका साथ ‘एस द शट’ नामको क्रिएटिभ क्याम्पेनपनि सार्वजनिक गरेको थियो । साथै, ओपोले रोल्याण्ड गार्रोसका दौरान रोमाञ्चक पल कैद गर्न उक्साउँदै उपभोक्तालाई रेनो टेनएक्स हाइब्रिड जुम फञ्सनको उत्कृष्टता अनुभव गर्ने अवसरपनि प्रदान गरेको थियो ।

ओपोको ब्राण्ड अन्तराष्ट्रियकरण र सञ्चालन स्थानियकरण गर्ने, नयाँ रणनीती अन्तर्गत रोल्याण्ड गार्रोससँगको पार्टनरशिपले यूरोपियन प्रयोगकर्ताहरुसँग ब्राण्ड अन्तरक्रियाका लागि महत्वपूर्ण सञ्चार प्ल्याटफर्म का रुपमा योगदान पु¥याएको छ । 

रोल्याण्ड गार्रोससंग दिर्घकालिन पार्टनरशिप स्थापित गर्न ओपो प्रतिबद्ध रहेको जनाएको छ । दुबै पक्षले सहकार्य गर्दै सन् २०१९ देखि २०२१का लागि संयुक्त कन्टेन्ट क्रिएसन मार्फत खेलकुद र ब्राण्ड मार्केटिङका लागि मोडल निर्माण, यूवा प्रतिभा प्रोत्साहन र ब्राण्ड प्रमोसन सम्बद्ध सहकार्य गर्नेछन् । रोल्याण्ड गार्रोस जुनियर वाइल्ड कार्ड सिरिज बाई ओपोको प्रमुख प्रायोजक बनेसंगै योजनाबद्ध सहकार्य मध्य यूवा प्रतिभा प्रोत्साहनको थालनी भइसकेको छ । 

ओपो यूरोपका अध्यक्ष भिन्सेन्ट हुआङले भने,‘ रोल्याण्ड गोर्रोससँग सहकार्य गर्दै विश्वभरका यूवा प्रतिभा र भविस्यका टेनिस खेलाडीहरुको उत्थानको साक्षी बन्न पाउँदा हामी निकै उत्साहित छौँ । ओपोमा हामी अद्वितिय पलका लागि स्मार्टफोन निर्माणमा उत्कृष्टता र नवप्रबर्तन दिन सदैव तत्पर रहन्छौँ । नयाँ पिढीलाई तिनका सपना प्राप्तिका लागि सघाउनु तथा तिनले टेनिस ईतिहास कोरेको हेर्न हामी निकै आतुर छौँ ।’

३१ मे मा पेरिसको सुज्यान–लेंलेन स्टेडियममा आयोजित २०१९ रोल्याण्ड गार्रोस जुनियर वाइल्ड कार्ड सिरिज बाई ओपोमा, फ्रेन्च टेनिस फेडरशनका अध्यक्ष बर्नार्ड ग्युडिसेल्लीको उपस्थितीमा, गुस्टाभो हाइडी (ब्राजिल) र टियान फानग्रान (चीन)लाई क्रमशः ब्वाइज सिंगल्स च्याम्पियन र गल्र्स सिंगल्स च्याम्पियन घोषित गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप