शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटले आम जनतामा उत्साह थपिएको छ: पूर्वमन्त्री विश्वकर्मा

बुधबार, २९ जेठ २०७६, १९ : १५
बुधबार, २९ जेठ २०७६

बुटवल– प्रतिनिधिसभा सदस्य  तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले सरकारद्धारा प्रस्तुत ०७६/०७७ को वजेटले आम जनतामा उत्साह थपिएको बताएका छन् ।

जिल्ला सम्मन्य समिति रुपन्देहीको दोस्रो  जिल्ला सभाको आज भैरहवा उद्धाटन गर्ने पूर्वमन्त्री विश्वकर्माले वजेटको कार्यान्वयनमा सवै जनप्रतिनिधिहरुले ध्यान दिनुपर्ने धारणा राखेका छन् । फरक प्रसंगमा वोल्दै उनले संविधानको मूल मर्म र भावना अनुरुप काम गर्दै आएको लोक सेवा आयोगको सन्दर्भमा उत्तेजित नहुन सबैलाई आग्रह गरे ।

यसैगरी राष्ट्रिय सभाका सदस्य खिमलाल भट्ठराईले अबको प्रतिस्पर्धा सम्वृद्धिको एजेण्डामा हुनुपर्ने बताए । उनले मुलुक समाजवादी अर्थतन्त्र निर्माणको बाटोमा अघि बढेको दावी गरे कार्यक्रममा बोल्दै ५ नम्वर प्रदेश सरकारका अर्थ, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले यो मुलुकको सम्बृद्धिका लागि यहाँको पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्न जरुरी रहेको बताए ।

पहिलो वर्ष कानुनको अभावमा सरकारले काम गर्न नपाएको बताउँदै उनले अबको दिनमा कामको गति तिव्रताका साथ अघि बढ्न जिकिर गरे । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विकको अध्यक्षता,उपप्रमुख पशुपति यादवको स्वागत र लक्ष्मी शर्माको सञ्चालनमा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रमोद यादव, ५ नम्बर प्रदेश सरकारका अर्थ, पर्यटन, उद्योग समितिका सभापति दधिराम न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी, नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, समाजवादी पार्टी रुपन्देहीका अध्यक्ष रामअवतार यादव, राजपा रुपन्देहीका अध्यक्ष प्रशान्त गुप्ता लगायतले बोलेका थिए । कार्यक्रममा जिल्लाका १६ वटै तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप