शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुमारी बैंक र ह्याम्स्बीच सम्झौता

बुधबार, २९ जेठ २०७६, १९ : २५
बुधबार, २९ जेठ २०७६

काठमाडौं– आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र हस्पिटल फोर अड्भान्स्ड एण्ड मेडिसिन सर्जरी (ह्याम्स्)बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ह्याम्स्का अध्यक्ष आर.एस. भण्डारीको हस्ताक्षर भएको उक्त सम्झौता–पत्र अनुसार हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप