बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने तयारी छ: मन्त्री पोख्रेल

बुधबार, २९ जेठ २०७६, १९ : ३६
बुधबार, २९ जेठ २०७६

काठमाडौं– सरकारले विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने तयारी गरेको छ ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नयाँ–नयाँ प्रविधिलाई भित्र्याएर मुलुकलाई समृद्ध बनाउने गरी सरकारले विज्ञान र प्रविधिसम्बन्धि छुट्टै नीति ल्याउने तयारी गरिरहेको जानकारी दिएका हुन् । उनले विज्ञान र प्रविधिको क्षेत्रमा बजेटको कमी हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे । 

ललितपुरमा आयोजित २ दिने विज्ञान सडक मेलाको बुधबार समापन गर्दै मन्त्री पोखरेलले भएको बजेट सदुपयोग गरेर विज्ञान र प्रविधिको क्षेत्रको विकासमा लागि पर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए ।

मन्त्री पोखरेलले सरकारले मुलुकको राष्ट्रिय उत्पादनमा वृद्धि गर्न पनि विज्ञान तथा प्रविधिको विकासमा जोड दिएको पनि स्पष्ट पारे । विज्ञान र प्रविधिको क्षेत्रमा भएका नयाँ–नयाँ प्रयोगबारे सर्वसाधारणलाई पनि जानकारी दिने उद्देश्यका साथ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले सो मेला आयोजना गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप