शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

झापामा डेंगु सङ्क्रमित बिरामी फेला

बुधबार, २९ जेठ २०७६, २१ : ४४
बुधबार, २९ जेठ २०७६

झापा-झापामा डेंगु सङ्क्रमित बिरामी फेला परेका छन् । बिर्तामोड, अर्जुनधारा, भद्रपुर र दमक नगरपालिकामा छ जना डेंगु सङ्क्रमित बिरामी फेला परेको अस्पताल स्रोतले जनाएको छ ।

बिर्तामोडस्थित पूर्ण टुङ्ग विर्ता सिटी अस्पतालमा छ जना डेंगु सङ्क्रमित बिरामीको  उपचार भइरहेको र तीमध्ये तीन जना झापाका डेंगु सङ्क्रमित बिरामी रहेको अस्पतालका मेडिकल निर्देशक डा अनिल बस्नेतले जानकारी दिए । डा बस्नेतका अनुसार बिर्तामोड नगरपालिकाका दुई र अर्जुनधारा नगरपालिकाका एक जनासहित धरानका तीन जना डेंगु सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । 

भद्रपुर नगरपालिकामा समेत एक जना डेंगु सङ्क्रमित रोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय भद्रपुरका अधिकृत कुलबहादुर पौडेलले जानकारी दिए । दमकमा समेत दुई जना डेंगु रोग सङ्क्रमित बिरामी फेला परेको दमक अस्पतालले जनाएको छ । 

डेंगुको सङ्क्रमणका कारण गत वर्ष झापामा दुई जनाको मृत्यु भएको थियो । दुई हजारबढीमा यो रेगको सङ्क्रमण देखिएको रोगलाई पूर्णरुपमा नियन्त्रणमा ल्याउन निकै समय लागेको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत पौडेलले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप