भीम रावलले उठाए पार्टीभित्र आचरणको प्रश्न
बझाङ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम पार्टीको सुदूरपश्चिम इञ्चार्ज भीम रावलले कम्युनिष्ट नेता कार्यकर्ताले आचरण सुधार गर्नुपर्ने बताएका छन् । नेकपाको बझाङ जिल्ला कमिटी सदस्यहरुलाई आज सदरमुकाम चैनपुरमा सपथ ग्रहण गराउन यहाँ आइपुगेका उनले कतिपयले कम्युनिष्ट हँु भने पनि उनीहरुको आचरण र व्यवहारमा त्यस्तो नदेखिएको बताए ।
“हाम्रो व्यवहार र कार्यशैलीमा सुधार ल्याउनुृ जरुरी छ, गरीब असहायको हितका लागि काम गर्नुपर्छ”, नेता रावलले भने । उनले पछिल्लो समयमा नेकपाका नेता कार्यकर्ताले विभिन्न योजनाको उपभोक्ता समितिमा बसेर अनुचित फाइदा लिने गरेको जनगुनासो आउने गरेको बताए । “योजना र कार्यक्रमको रकम दुरुपयोग गरे व्यक्ति र सङ्गठन कमजोर हुन्छ”, उनले भने । अहिले सङ्घीय, प्रदेश र स्थानीय तहमा कम्युनिष्टको बहुमत भएकाले सुनौलो अवसरको सदुपयोग गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार गर्नुपर्नेमा उनले जोड दिए ।
एक सय ३५ सदस्यीय जिल्ला कमिटीमा पूर्व एमालेबाट ८० तथा पूर्व नेकपा माओवादी केन्द्रबाट ५५ जना सदस्य रहेका छन् । जिल्ला अध्यक्षमा पूर्व नेकपा माओवादी केन्द्रका नेता मिन कुँवरलाई चयन गरिएको छ । सपथ ग्रहण कार्यक्रममा नेकपाका नेता लेखराज भट्ट, कर्ण थापालगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग