शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काङ्ग्रेसलाई ऊर्जा दिन अधिवेशन चाहिन्छ ः डा कोइराला

बुधबार, २९ जेठ २०७६, २२ : १९
बुधबार, २९ जेठ २०७६

दाङ-नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले काङ्ग्रेसलाई ऊर्जा दिन अधिवेशनबाहेक अर्को बाटो नभएको बताएका छन् । नेपाली काङ्ग्रेस दाङले भालुवाङमा आज आयोजना गरेको कार्यक्रममा कोइरालाले काङ्ग्रेस तदर्थ वादमा चलाउने हो भने काङ्ग्रेस समाप्त हुने भन्दै अधिवेशनमा जानुपर्ने धारणा व्यक्त गरे ।

“विसं २०७६ फागुनमा चार वर्षको कार्यकाल पूरा हुन्छ तर नेतृत्व पक्षले अझै केही वर्ष अधिवेशन लम्बिन्छ भन्दै हिँड्नुभएको छ काङ्ग्रेस अब तदर्थवादमा चलाउने हो भने समाप्त हुन्छ,  बेलैमा ध्यान दिन जरुरी छ”, कोइरालाले भने । उनले अहिले काङ्ग्रेसको प्रदेश, क्षेत्रमा पनि कमिटी बन्न नसकेको भन्दै काङ्ग्रेसको विधानमा सङ्क्रमणकालीन व्यवस्थामा भएकाले तुरुन्त निर्वाचनमा जानुपर्ने सुझाव दिए।

कोइरालाले काङ्ग्रेसले पहिलो जागरण अभियान सफतापूर्ण तवरले सम्पन्न गरेको भन्दै अर्को अभियान सँगसँगै अधिवेशनको तयारीमा पनि लाग्नुपर्ने धारणा व्यक्त गरे । उनले विधि र विद्यानलाई टेकेर काङ्ग्रेस अगाडि बढ्नुपर्ने बताए । “विधि र विधानलाई नटेक्दा काङ्ग्रेसको यस्तो अवस्था आएको हो, विधि र विधानलाई केन्द्रदेखि स्थानीयस्तरसम्म मान्नुपर्छ”, उनले भने, “हामीले संस्कार गुमाउँदै गएकाछौँ, नैतिकताको कसिमा पनि बाँधिन सकेका छैनौँ, त्यसतर्फ ध्यान दिनुपर्छ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप