बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२१ वर्षकी युवतीले बच्चा जन्माएको आधा घण्टापछि अस्पतालमै दिइन् परीक्षा

बिहीबार, ३० जेठ २०७६, ०८ : ३४
बिहीबार, ३० जेठ २०७६

पश्चिम इथियोपियामा २१ वर्षकी अल्माज डेरेसीलाई परीक्षा अघि नै बच्चाको जन्म भइसक्ने आशा थियो । तर उनले सोचे अनुसार भएन । रमजानका कारण उनको सेकेन्डरी स्कूलको परीक्षा स्थगित भयो । नयाँ तालिका अनुसार उनको परीक्षा सोमबार अर्थात् जून ११ देखि सुरु भयो । यो मिति उनको बच्चा जन्मिने मितिबाट निकै नजिक थियो ।

सोमबार परीक्षा सुरु हुन अघि उनी लेबर रुममा जानु पर्‍यो जहाँ उनले छोरालाई जन्म दिइन् । बच्चा जन्माएको आधा घण्टापछि उनले अस्पतालमा नै अंग्रेजी र हिसाबबाहेक स्थानीय भाषाको परीक्षा दिइन् । त्यसको दुई दिनपछि परीक्षा केन्द्रमा अन्य परीक्षा दिनेछिन् ।

म परीक्षा कुनै पनि स्थितीमा छोड्न चाहँदैनथेँः

अल्माजले भनिन्, ‘गर्भावस्थामा पढ्न मलाई कुनै पनि समस्या भएन र म ग्रेजुएशन पूरा गर्नका लागि अर्को वर्षसम्म प्रतिक्षा गर्न चाहँदैनथेँ । यसै कारण मैले बच्चा जन्माएकै दिन परीक्षा दिएँ ।’

अल्माजका श्रीमानका अनुसार उनले अस्पतालमा नै परीक्षा दिनका लागि स्कूलसँग अपिल गरेका थिए । उनले भने, ‘उनी आफ्नो पढाईका लागि निकै गम्भीर थिइन् । विभिन्न समस्याका बाबजुद पनि उनले यस्तो गरेर देखाइन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप