बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खानले सुनिल ग्रोवरपछि अब कपिल शर्मालाई यो फिल्ममा भूमिका दिने

बिहीबार, ३० जेठ २०७६, ०९ : १३
बिहीबार, ३० जेठ २०७६

कपिल शर्मा र सुनिल ग्रोवरको दोस्ती भलै टुटिसकेको छ तर आजकाल दुबैको प्रतिभालाई सलमान खानले उजागर गर्ने काम गरिरहेका छन् । भारतमा सुनिल ग्रोवरलाई सशक्त भूमिका दिएपछि सलमान खानले कपिल शर्मालाई पनि फिल्ममा काम दिने योजना बनाइरहेका छन् ।

भारतीय मिडिया आइरहेको रिपोर्ट अनुसार कपिल शर्मा शोलाई निर्माण गरेपछि सलमानले कपिल शर्मालाई फिल्ममा काम दिने योजना बनाइरहेका छन् । फिल्मको नाम हुनेछ शेरखान । वास्तवमा, सलमान आफ्नो कान्छा भाइ सोहेल खानको शेरखानलाई सुरु गर्ने तयारी गरिरहेका छन् । फिल्म निकै लामो समयदेखि रोकिएको छ । यो प्रोजेक्ट स्क्रिप्ट फाइनल नभएका कारण ढिला भइरहेको थियो ।

हुन त फिल्ममा कपिल शर्मा हुनुको एउटा विशेष कारण पनि छ । जब कमेडी सर्कसमा कपिल प्रतिस्पर्धीको काम गरिरहेका थिए त्यतिबेला सोहेलले कपिललाई आफ्नो नयाँ फिल्म शेरखानमा पक्कै पनि अनुबन्ध गराउने वचन दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप