शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

९ वर्ष जेठा सलमान खानकी आमाको भूमिका निभाएका कारण ट्रोल भइन् यी नायिका

बिहीबार, ३० जेठ २०७६, ०९ : ५४
बिहीबार, ३० जेठ २०७६

भारत फिल्म आफ्नो कमाईका कारण चर्चा छ । फिल्ममा सलमान खान र कट्रिना कैफको केमेस्ट्रीको पनि निकै तारिफ भइरहेको छ । तर एक नायिका छिन् जो फिल्ममा आफ्नो भूमिकाका कारण ट्रोल भइरहेकी छिन् ।

वास्तवमा सोनाली कुलकर्णीले फिल्ममा सलमान खानकी आमाको भूमिका निभाएकी थिइन् । २२ वर्षकी सोनालीलाई ५३ वर्षका सलमानकी आमाको रुपमा देखाइएको थियो ।

यसै कारण उनी सोसल मिडियामा ट्रोलको शिकार भएकी छिन् । उनलाई सही भूमिका छान्न सल्लाह दिइरहेका छन् ।

हालैको एक अन्तरवार्तामा जब सोनालीलाई यसबारे सोध्दा उनले आफ्नो भूमिकाप्रति गर्व भएको बताइन् । आफूले सलमानको आमाको भूमिका निभाएकोमा आफूलाई कुनै पछुतो नभएको उनले बताएकी छिन् ।

सोनालीले भनिन्, ‘भूमिका मेरो आफ्नै रोजाईको थियो । आफूले निभाएको भूमिकामाथि मलाई गर्व छ । म दर्शक र क्रिटिक्सको सुझावको सम्मान गर्छु । यसअघि मैले ऋतिककी आमाको भूमिका पनि निभाइसकेकी छु । सन् २००० मा मैले ऋतिक रोशनको एडप्टिभ आमाको भूमिका निभाएको थिएँ । मलाई थाहा छ कि मानिसहरु उमेर भिन्नतामाथि ध्यान दिइरहेका छन् । तर थुप्रै पटक यो आलोचनाका लागि नभई कलाकारको ग्रोथका लागि पनि सुझाव छ ।’

स्मरण रहोस्, सन् २००० मा आएको मिशन कश्मिर’ मा ऋतिक रोशनकी आमाको भूमिकामा देखिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप