केन्द्रीय संस्करण

साउदी विमानस्थलमा हुथी विद्रोहीले मिसाइल आक्रमण गर्दा २६ घाइते

person explore access_timeजेठ ३०, २०७६ chat_bubble_outline0

एजेन्सी । साउदी नेतृत्वको सैन्य गठबन्धनले बुधबार साउदी अरबीयाको दक्षिणी भागको एउटा विमानस्थलमा मिसाइल आक्रमण भएको बताएको छ । आक्रमणमा २६ जना घाइते भएको बताइएको छ । 

पश्चिमा शक्तिको समर्थन पाएको सुन्नी मुसलमानको गठबन्धनले इरानसमर्थित केही समयदेखि हुथी आन्दोलनविरुद्ध संघर्ष गरिरहेको छ ।

विहानपख भएको ड्रोन आक्रमणलाई गठबन्धनले अन्तर–सीमा आतकंवादको संज्ञा दिएको छ । 

गठबन्धनले जारी गरेको एउटा वक्तव्यमा आक्रमणपछि हुथीले इरानको समर्थन पाइरहेको प्रमाणीत भएको बताएको छ । आक्रमण अभा विमानस्थलको आगमन कक्षमा भएको र तयसले भौतिक क्षति पनि पु¥याएको उनले बताए । 

आक्रमणका कारण आठ जनालाई अस्पताल भर्ना गर्नु परेको भए पनि बाँकीलाई सोही स्थानमा उपचार गरिएको वक्तव्यमा भनिएको छ । 

हुथीद्वारा संचालित मसिरा टीभीले आफू सम्बद्ध फौजले अभा विमानस्थलमा ‘क्रुज मिसाइल’ आक्रमण भएको बताएको थियो । विमानस्थल यमनको सिमानाभन्दा २०० किमी उत्तरमा रहेको छ ।

विमानस्थल आन्तरिक र क्षेत्रीय रुटको रुपमा काम गथ्र्यो । साउदी अरबको नागरिक उड्यन निकायका अनुसार हवाई ट्राफिक सामान्य अवस्थामा छ । 

मंगलबार हुथीका सैन्य विभागका प्रवक्ता साउदी अरबका प्रत्यक विमानस्थलमाथि आक्रमण गरिने बताए । उनले आगामी दिन साउदी अरबीयाले ‘स्तब्धकारी घटना’ भाग्ने चेतावनी दिए ।

साउदी अरबीया र संयुक्त अरब एमिरेटले यमनमा अन्तराष्ट्रिय रुपमा स्वीकृत प्राप्त सरकार पुनरस्थापित गर्ने भन्दै सन् २०१५ देखि आक्रमण गरिरहेको छ ।  विद्रोही हुथीले सन् २०१४ को अन्तिममा राजधानी सानाको सरकारलाई लखेटेको थियो । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...