शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आमिर खानकी छोरी इरा खानले गरिन् आफ्नो प्रेम सम्बन्धबारे पुष्टि

बिहीबार, ३० जेठ २०७६, ११ : ५०
बिहीबार, ३० जेठ २०७६

आमिर खानकी छोरी इरा खानले आफू संगीतकार मिशाल कृपलानीसँग प्रेम सम्बन्धमा रहेको स्विकारेकी छिन् । सोसल मिडियामा पछिल्लो केही समयदेखि यी दुईको सम्बन्धको चर्चा भइरहेको थियो तर यसबारे आधिकारिक जानकारी भने सार्वजनिक भएको थिएन ।

इराले आफ्नो इन्स्टाग्राम स्टोरीमा यसबारे पुष्टि गरेकी हुन् । इन्स्टाग्राम स्टोरीमा एक प्रशंसकले इरालाई उनको सम्बन्धबारे प्रश्न सोध्छिन् । उनले उक्त प्रश्नको जवाफमा मिशाललाई अंगालो हालिरहेको तस्बिर पोष्ट गर्छिन् । यसमा उनले मिशाललाई ट्यागसमेत गर्छिन् ।

स्मरण रहोस्, इन्स्टाग्रममा इरा मिशालसँगको तस्बिर सेयर गरिरहन्छिन् । यसअघि इराले भ्यालेन्टाइन डेमा मिशालको एउटा भिडियो पोष्ट गरेकी थिइन् जसमा मिशाल पियानोको अगाडि बसेर गीत गाइरहेको देख्न सकिन्छ । मिशाल पनि इरासँगको फोटो सेयर गरिरहन्छन् ।

इरा, आमिर खान र रिना दत्तकी छोरी हुन् । आमिर खानले सम्बन्धविच्छेद गरेर किरण रावसँग विवाह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप