शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नायकले गरेका थिए समलिङ्गीको भूमिका, विवाहको अफरसहित पुरुषले पठाउँछन् यस्ता मेसेज

बिहीबार, ३० जेठ २०७६, १२ : २४
बिहीबार, ३० जेठ २०७६

वेब सिरिज ‘मेड इन हेभन’ मा नायक अर्जुन माथुरको अभिनयको निकै प्रशंसा गरिएको थियो । उक्त सिरिजमा अर्जुनले समलिङ्गीको भूमिका निभाएका थिए । सुरुवाती करियरमा अर्जुनले फिल्म ‘आई एम’ र ‘माइग्रेशन’ मा पनि समलिङ्गीको भूमिका निभाएका थिए ।

यस्ता भूमिकाका कारण अर्जुन माथुरले वास्तविक जीवनमा पनि अचम्मका परिस्थितीको सामना गर्नुपरिरहेको छ ।

एक अन्तरवार्तामा अर्जुन माथुरले खुलासा गरे, ‘सोसल मिडियामा मानिसहरु मेरो यौन अभिविन्यासबारे प्रश्न सोध्छन् । पुरुष प्रशंसकले मलाई विभिन्न मेसेज पठाउँछन्, यीमध्ये केही अश्लिल मेसेज पनि हुन्छन् । कतिले मलाई विवाहको प्रस्ताव पनि पठाउँछन् ।’

उनले थपे, ‘अहिलेसम्म कसैले पनि मेरो अगाडि मेरो यौनिकताबारे प्रश्न सोधेका छैनन् । मैले फिल्म आई एम (सन् २०११) र माइग्रेशन (सन् २००७) मा पनि दुईपटक समलिङ्गीको भूमिका निभाएको थिएँ । तर इन्स्टाग्राममा मानिसहरु के म साँच्चैको समलिङ्गी हुँ भनेर जान्न चाहन्छन् । मेड इन हेवनपछि मलाई अश्लिल मेसेज आउँछ । कतिले विवाहको पनि अफर पठाउँछन् ।’

अर्जुन माथुरले अनुपम खेरको द एक्सिडेन्टल प्राइम मिनिस्टरमा राहुल गान्धीको भूमिका निभाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप