मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

र्याडिसन होटल काठमाडौंमा “पिज्जा र पास्ता” प्रमोशन

बिहीबार, ३० जेठ २०७६, १२ : २३
बिहीबार, ३० जेठ २०७६

काठमाडौं– र्याडिसन होटल काठमाडौंले यही जुन १४बाट दुई हप्ता लामो अथेन्टिक इटालिएन “पिज्जा र पास्ता” सेलिब्रेसन आयोजना गर्ने भएको छ । । यो प्रमोशन बेलुकाको ६ः३० बजे देखि रातीको १०ः३० बजे सम्म वोलिभ गार्डेन रेष्टुरेन्टमा आयोजना हुँदैछ ।

“पिज्जा र पास्ता” प्रमोशनले पहुनाहरुलाई परमपरागत इटालिएन स्वादलाई अन्वेषण गर्ने मौका प्रधान गर्छ । एक्सर्पटद्वारा छनोट गरिएको स्पेशल वाइनसँगै हाण्ड र्काप्रटेड पिज्जा र होममेड पास्ताले पनि खाना पारखीहरुलाई भिन्न र स्वादिष्ठ परिकारको अनुभव दिने होटलले जनाएको छ ।

“पापरडिले कार्वोनरासँग र्सिम्प र लिच्ची” होस वा “क्यापीलेटी संग पोरसीनी मसरुम सस”, “पिज्जा र पास्ता” प्रमोशनमा स्पेशल आ ला कार्ट मेनु बाट शानदार इटालिएन भोजनको लागी वोलिभ गार्डेन विशिष्ट रोजाई हुने होटलल जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप