अमिताभ बच्चनले तिरिदिए २१ सय किसानको ऋणः भने, ‘अझै अर्को वचन पूरा गर्नु छ’
बलिउडका वरिष्ठ कलाकार अमिताभ बच्चनले करिब २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन् ।
अमिताभले आफ्नो ब्लगमार्फत् यसबारे जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘जुन वचन दिएको थिएँ, त्यो पूरा गरिएको छ । विहारका जुन किसानमाथि ऋण थियो तीमध्ये २१ सय किसानको ऋण तिरिएको छ । तीमध्ये केहीलाई जनक बंगलामा बोलाएर श्वेता र अभिषेकको हातबाट यो हस्तान्तरण गरिएको छ ।’
यसअघि अमिताभ बच्चनले लेखेका थिए, ‘जसले ऋण चुक्ता गर्न सकिरहेका छैनन् उनीहरुका लागि उपहार हो यो । यसपटक बिहारका किसान हुनेछन् ।’
अमिताभले यसअघि पनि किसानको मद्दत गरेका छन् । गत वर्ष अमिताभले उत्तर प्रदेशका लगभग एक हजारबढी किसानको ऋण तिरिदिएका थिए ।
अमिताभले आफ्नो ब्लगमा यो पनि लेखे, ‘अझै अर्को एउटा वचन पूरा गर्नु छ । पुलवामा हमलामा जुन बहादुरले देशका लागि ज्यान गुमाए उनीहरुको परिवार र श्रीमतीलाई आर्थिक रुपमा गर्नुछ, सच्चा शहीद ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ