शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बालाजुबाट मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

बिहीबार, ३० जेठ २०७६, १२ : ३७
बिहीबार, ३० जेठ २०७६

प्रहरीले मोटरसाइकल चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट मेगाङ गाउँपालिका–८ का रोशन मगर र सोही ठाउँका राहुल तामाङ रहेका छन् । 

उनीहरुले तार्केश्वर नगरपालिका–२ स्थित पार्किङ गरी राखेको बा.६३ प. ३३८ नम्बरको निलो रंगको पल्सर मोटरसाईकल चोरी गरेका थिए । 

महानगरीय प्रहरी वृत्त बालाजुले बिहिबार विहान उनीहरुलाई पक्राउ गरेको वृतका प्रमुख डीएसपी बाल नरसिंह राणाले जानकारी दिए ।  

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप