शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुठीसम्बन्धी विधेयक फिर्ता नलिए ओली सरकार ढल्छः सांसद प्रधान

बिहीबार, ३० जेठ २०७६, १२ : ५१
बिहीबार, ३० जेठ २०७६

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले गुठी सम्बन्धी विधेयक संविधान विपरित भएको भन्दै तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्दै उनले संविधानले गरेको व्यवस्था विपरित सरकारले गुठी सम्बन्धी विधेयक ल्याएको दाबी गरे । 

राजधानीमा गुठी सम्बन्धी विधेयक लगायत सरकारले संविधान विपरित ल्याएका विधेयक विरुद्ध काठमाडौमा दिनहुँ विरोध प्रर्दशन र आन्दोलनहरु भइरहेको भन्दै उनले समयमै सच्चिन सरकारलाई चेतावनी दिए । उनले विधेयक नसच्चिए केपी ओली सरकार ढल्ने चेतावनी समेत दिए । 

उनले भने, ‘काठमाडौमा आन्दोलनको हुरी चल्दैछ । बादल गर्जिदै छ  विधेयक तुरुन्तै फिर्ता गरि सरोकारवालाहरु संग विधेयक संसोधन गरेन भने आन्दोलन चर्किन्छ  र त्यो आन्दोलनले कहाँ पुर्याउछ भनेर भन्न सकिन्न ।’

काठमाडौ उपत्यकाबासीको आन्दोलन कुनै पनि शक्तिले थेग्न नसक्ने भन्दै उनले समयै सचेत हुन सरकारको गभ्भीर ध्यानाकर्षण गराए । 

उनले भने, ‘काठमाडौका जनता उठेपछि कुनै पनि शक्तिले रोक्न सक्दैन । हेक्का राख्नुहोस् अहिले केपी शर्मा ओलीको सरकार ढल्ने भन्ने चिन्ता होइन । संविधानप्रति नै जनताले अनास्था गर्ला भन्ने चिन्ता हो । काठमाडौका जनता जुरुक्क उठेपछि राजतन्त्र फालियो ।’

गुठी सम्बन्धी विधेयक मार्फत सरकारले ऐतिहासिक, पुरातात्वीक महत्व, धर्म , संस्कृति र सम्पदामाथि धावा बोल्ने काम गरेको आरोप उनले लगाए । 

सभामुख कृष्ण बहादुर महराले विहिबारको बैठक प्रारम्भ भएको जानकारी गराएलगत्त नेपाली कांग्रेस र राजपाका सांसदहरुले उभिएर सभामुखको ध्यानाकर्षण गराएपछि उनले भीमसेनदास प्रधानलाई बोल्नका लागि समय दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप