बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धोनीको नाममा खोले होटल, प्रशंसकले पाउँछन् निःशुल्क खाना

बिहीबार, ३० जेठ २०७६, १३ : २३
बिहीबार, ३० जेठ २०७६

भारतीय क्रिकेटर महेन्द्र सिंह धोनी र उनका प्रशंसकबीच एउटा विशेष सम्बन्ध छ । आफ्नो स्टार खेलाडीका लागि प्रशंसक जे पनि गर्छन् ।

धोनीका एक प्रशंसक शम्भु पश्चिम बंगालको अलिपुरद्वार जिल्लामा एउटा रेष्टुरेन्ट चलाउँछन् जसका नाम ‘एमएस धोनी रेष्टुरेन्ट’ राखिएको छ । यो रेष्टुरेन्टको विशेषता यो हो कि ३२ वर्षका शम्भु धोनीका प्रशंसकलाई निःशुल्क खाना दिन्छन् ।

शम्भुले आइएएनएससँग भने, ‘यो दुर्गा पूजामा हामी दुई वर्ष पूरा गर्नेछौं । यहाँका धेरैलाई यो रेष्टुरेन्टबारे थाहा छ । मानिसहरु यहाँ खाना खान आउँछन् ।’

शम्भुलाई जब धोनीको लगावबारे सोधियो तब उनले भने, ‘उनीजस्तो कोही पनि छैन । म बाल्यकालदेखि नै उनको प्रशंसक हँ । उनको जस्तो व्यत्तित्व छ, जसरी क्रिकेट खेल्छन् त्यसबाट थाहा हुन्छ कि उनी कसरी लेजेन्ड बने । उनी मेरा लागि प्रेरणा हुन् ।’

शम्भुको यो सानो रेष्टुरेन्टमा विशेषगरी बंगाली खाना पाइन्छ । रेष्टुरेन्टको हरेक कुनामा धोनीको पोस्टर हुन्छ । उनी आफ्नो घर र पसलको खाली भित्तामा धोनीको पोस्टर टाँसिहाल्ने बताउँछन् । उनी भन्छन्, ‘उनलाई हेरेर मैले धेरै कुरा सिकेको छु । म एकदिन उनलाई भेट्न चाहन्छु तर मसँग स्टेडियममा गएर उनको खेल हेर्ने पैसा छैन ।’

शम्भु भन्छन्, ‘मलाई थाहा छ कि मेरो सपना कहिले पनि पूरा हुनेछैन तर यदि मैले उनलाई कुनै दिन भेटेँ भने म उनलाई मेरो रेष्टुरेन्टमा आउन आग्रह गर्छु । मलाई थाहा छ कि उनलाई भात–माछा मनपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप