शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री रोजगार कार्यक्रम : कतिले रोजगारी पाए भन्ने तथ्याङ्कसमेत सरकारसँग छैन

बिहीबार, ३० जेठ २०७६, १३ : ५५
बिहीबार, ३० जेठ २०७६

काठमाडौं । सरकारले ल्याएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अझै अन्योलमा रहेको छ । 

चालू आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत करिब ५ लाख युवाहरुलाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने भनिए पनि उक्त कार्यक्रम थप अन्योलतामा फसेको हो । 

कार्यक्रम ल्याएको एक वर्ष बितिसक्न लाग्दा पनि अझै यसको प्रभावकारिता देख्न सकिएको छैन । 

दिनानुदिन बढ्दो वेरोजगारी समस्यालाई व्यवस्थापन गर्ने भन्दै सरकारले चालु आर्थिक वर्ष २०७५/७६ मार्फत सो ‘लोकप्रिय’ कार्यक्रम अघि सारेको थियो । तर चालू आर्थिक वर्षमा देशमा कति रोजगारीका बाटाहरु सिर्जना भए र कतिले रोजगारी पाए भन्ने एकिन डाटा समेत सरकारसँग छैन । यसको गतिलो जवाफ सरकारले जनतालाई दिन सकेको छैन । 

अर्थमन्त्री डा.युवराज खतिवडाले भने देशमा ठूलो मात्रामा रोजगारीको सिर्जना हुँदै गएको बताएका छन् । खतिवडाले चालु आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासिक सम्ममा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत लाख माथिका युवाहरुले रोजगारी पाइसकेको बताएका छन् ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रम लागू भएपछि कति बेरोजगारहरुले रोजगार पाए भन्ने एकिन डाटा त छैनन् तर देशमा धेरै रोजगारिका अवसरहरु सिर्जना भएका छन्, हजारौं युवाहरुले देशमै रोजगारी पाएका छन्,’ उनले भने, ‘त्यो संख्या हजारमा होइन लाखमा छ ।’ 

बेरोजगारी व्यवस्थापनमा थप प्रभावकारिता ल्याउनकै लागि सरकारले देशैभरिबाट रोजगार र बेरोजगार जनशक्तिको लगत संकलन गर्ने र वेरोजगारीका लागि अवसरहरु सिर्जना कार्यक्रम अघि सारेको छ । त्यसका लागि सरकारले ७५३ वटै स्थानीय तहमा रोगार सूचना केन्द्र पु¥याउने लक्ष्य राखेको छ । 

यो योजना आगामी आर्थिक वर्ष ७६÷७७ को अन्तसम्ममा प्रभावकारी रुपमा कार्यान्वयनमा लगिने खतिवडाले बताएका छन् । 

हालैमात्र सरकाले ल्याएको आर्थिक वर्ष २०७६÷७७ को बजेटमा समेत यो योजनालाई निरन्तरता दिएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि यसै शीर्षकमा ५ करोड एक लाख रुपैयाँ बजेट छुट्याएको छ । 

चालू आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सरकारले तीन अर्व १० करोड रकम विनियोजन गरेको थियो । यसको उपलब्धि खासै देख्न नसकिएपनि सरकारले यसैको निरन्तरतामा आगामी आर्थिक वर्षका लागि समेत थप रकम विनियोजन गरेको हो । 

आर्थिक वृद्धिदरको सुचक रोजगारी भएकाले आगामी आर्थिक वर्षमा सरकारले लिएको ८.५ प्रतिशतको उच्च आर्थिक वृद्धिमा करिब ४ लाख युवाले प्रत्यक्ष रोजगारी पाउने अर्थमन्त्री खतिवडाले बताइसकेका छन् । 
यता मुलुकमा रोजगारीको वातावरण बन्दै गर्दा विदेशी कामदारको चाप मुलुकको रोजगारी व्यवस्थापनको मुख्य चुनौतीको विषय बन्दै गएको समेत खतिवडाले इंकित गरेका छन् ।

पछिल्लो समय मुलुकमा कलकारखाना उद्योग धन्दा तथा विकास निर्माणका क्षेत्रहरु विस्तार हुँदा धेरै रोजगारीका अबसरहरु सिर्जना भएको तर विदेशी कामदारको आगमनले स्वदेशी कामदारहरु विस्थापित हुने अवस्था आएको उनको भनाई छ । 

यसको विकल्पमा दक्ष जनशक्ति उत्पादनमा मुलुकले सोच्नु पर्ने खतिवडाले बताएका छन् । 

खतिवडाका अनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर बैंकबाट सुलभ कर्जा लिने र व्यवसाय गर्ने गरी सरकारले ल्याएको कार्यक्रमले समेत रोजगारी व्यवस्थापनमा सहयोग पु¥याएको छ ।

 यो शीर्षकमा बैंकले ऋण नदिएको भन्ने समाचारहरु आएपनि कोही कसैबाट गुनासा र उजुरी नआएकाले सो कार्यक्रम समेत सफल रहेको बुझिएको खतिवडाले बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप