आदित्य नारायण झाले काठमाडौमा दर्शक नचाउने
काठमाडौं – पछिल्लो समय नेपालमा विदेशी गायक आउने क्रम बढ्दो नै छ । विशेष कार्यक्रम पारेर विदेशी गायकलाई नेपालमा ल्याएर नेपाली दर्शक माँझ प्रस्तुत गरिने गरिन्छ । नेपालमा खोजिने गायक नेपाल आउने क्रममा आदित्य नारायण झा थपिने भएका छन् ।
केही वर्ष अगाडी पोखरामा कन्सर्टका लागि आएका आदित्यको काठमाडौका संगीत प्रेमी माँझ गुन्जिने भएका छन् । जुलाईको पहिलो साता राजधानीको ठमेल स्थित क्लब फरेनहाइटमा आदित्यको लाइभ प्रस्तुत हुनेछन् ।
‘आदित्य नारायण झा लाइभ इन नेपाल’नाम दिइएको उक्त कार्यक्रममा उनले आफ्ना बलिउडसँगै नेपालको हिट गीत समेत गाउनेछन् । गायकसँगै अभिनेता समेत रहेका आदित्य प्रसिद्ध गायक उदित नारायण झा र दीपा झाका छोरा हुन् ।
सारेगमपा, एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीत संगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए । रंगीला फिल्म मार्फत अभिनय सुरु गरेका आदित्यले परदेश र जब प्यार किसिसे होता है मा पनि बालकलाकारको रुपमा काम गरिसकेका छन् भने उनले एक्टरको रुपमा शापित मार्फत डेब्यु गरेका थिए ।
क्लब फरेनहाइटकै आयोजनामा हुने यस कार्यक्रममा प्रवेशका लागि जेनरल टिकेट १ हजार र भिआइपी १५ सयको राखिएको छ ।
आदित्यको ताल फिल्मको जंगलमे बोले कोयल कुकू , आशिर्वादको पानि घट्ट , रामलीलाको इश्क्याउ धिस्क्याउसँगै शापित र कुसुमे रुमालका गीत चर्चित छन् भने उनले धेरै कभर गीत गाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द