बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेटिङमा राजस्व छली प्रकरण : अख्तियारले जनायो अनुसन्धानमा सक्रियता

बिहीबार, ३० जेठ २०७६, १५ : १५
बिहीबार, ३० जेठ २०७६

बुटवल । जेठ ६ गते बिना भन्सार भैरहवा नाकाबाट मालबाहक कन्टेनर नेपाल भित्र्याइएको घटनाको छानविन गरिरहेको राजस्व कार्यालयमाथि नै अर्को सरकारी निकायले छानबिन सुरु गरेको छ।  

बिना भन्सार भारतबाट नेपाल भित्रिएको जि.जे ०६ ए.जेड ६३५९ नम्बरको मालवाहक कन्टेनर नेपाल भित्रिएको बिषयमा राजस्व कार्यालय बुटवलले अनुसन्धान जारी राखेको बेला अख्तियार दुरुपयोग अनसन्धान आयोगले पनि कार्यालयलाई नै शंकाको घेरामा राखेर छानबिन थालेको हो । 

 उक्त घटनामा जोडिन सक्ने भन्सार कर्मचारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीलगायतमाथि अनूसन्धान भइरहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका प्रमुख तारानाथ अधिकारीले जानकारी दिए ।

उनले छानबिनका लागि सम्बन्धित निकायबाट घटनाको बिबरण र कागजात झिकाइएको  बताए । राजश्व अनुसन्धानको छानबिन प्रतिवेदनलाई समेत अख्तियारले सुक्ष्म अध्ययन अनुसन्धान गर्ने अधिकारीले बताएका छन ।

‘अनुसन्धानमा कुनै त्रुटि भेटियो या गल्ती ढाकछोप गर्ने प्रयास भयो भने त्यसमा संलग्नलाइ समेत भ्रष्टाचारको मुद्या लाग्नेछ’ अधिकारीले भनाई छ । 

मालवाहक कन्टेनर भन्सारदेखि करिब एक किलोमिटर भैरहवातर्फ आएपछि नेपाल प्रहरीको नजरमा परेको थियो ।भन्सारको मुल गेट र यात्रु प्रवेश गेटमा खटिएका कर्मचारी र राजश्व गस्तीले कन्टेनरलाइ नदेखे जस्तो गरी पास हुन दिएको बारे प्रहरीले विशेष सुराकी पाएको थियो । 

प्रहरीले नियन्त्रणमा लिएको कन्टेनर राजश्व अनुसन्धान कार्यालय बुटवललाई बुझाइएको छ। घटनाका सम्बन्धमा राजश्व अनुसन्धानले छानबिन भइरहेको जनाएको छ । 

कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय रानाले ४५ दिने अनुसन्धान अवधि भित्रै यर्थाथ बाहिर आउने बताए । 

तस्करीको सामान नेपाल ओभरसिज मार्केटिङ प्रालि खिचापोखरी काठमाडौंको नाममा रहेको भन्सार कार्यालय भैरहवाका प्रवक्ता कालीराज पौड्यालले जानकारी दिए ।  

ठुला व्यापारी, चल्तापुर्जा एजेन्ट र भन्सारका कर्मचारी यो प्रकरणमा जोडिएकाले यो घटनामा चालकलाई दोषी देखाएर सामान्य जरिवानामै मुद्दा मिलाउन खोजिएको आशंकामा अख्तियारले छानविन  शुरु गरेको हो ।  भन्सारका उपल्लो तहका कर्मचारीको मिलेमतो बिना साना कर्मचारी र गस्तीमा खटीने जवानले मालबाहक कन्टेनर भन्सार भित्रै नपसाली पास गराउन सम्भव नभएको जानकारहरु बताउँछन् । 

घटना यस्तो थियो
जेठ ६ गते दिउसो साढे ४  बजेपछि बेलहिया नाकाबाट नेपाल पसेको जि.जे ०६ ए.जेड ६३५९ नम्बरको मालवाहक कन्टेनर भन्सारको मुल गेट अगाडि केहीबेर अडियो ।

 भन्सार यात्रु शाखाको गेट अगाडि पनि केहीबेर रोकिएझै गर्यो । तर त्यहाँका भन्सार कर्मचारी तथा राजश्व गस्तीले त्यसलाई नदेखेझै गरीदिए ।

 कन्टेर  मुल सडकबाटै अगाडि बढ्यो । यी सब दृष्य भन्सारकै सीसीटीभी फुटेजमा कैद छ । करिब एक किलोमिटर वर आएपछि डण्डा नजिकै प्रहरीले कन्टेनरलाई  रोक्न प्रयास गरेपनि अटेरी गरेको प्रहरी प्रमुख एसपी हृदय थापाले बताए ।

 प्रहरीले कन्टेनरलाई नियन्त्रणमाा लिँदा जिपिएस लकिङ्ग गरिएको मालबाहक कन्टेनरका चालकसंग कुनै कागजात थिएन । सो कन्टेनरका चालक भारतीय नागरिक बलबन्द सिंहले बेलहिया नाका प्रवेश गर्ने बेला दलालले नक्कली  र सक्कली  दुवै थरी कागजात लिएको र भन्सार नपसी सिधै आउनु भनेकाले उसैलाइ पछ्याउँदै आउदा पक्राउ परेको र बताएका थिए । उनलाई थुनामा राखिएको छ । 

 चालक बलबन्दको यो भनाइले पनि भन्सारका कर्मचारी, एजेन्ट र सुरक्षा गस्तीकै मिलोमतोमा कन्टेनर बिना भन्सार नेपाल भित्र्याइएको प्रष्ट हुन्छ । 

सिद्धार्थनगर उद्योग बाणिज्य संघका महासचिव नेत्र आर्चायले यस्ता घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न सबैलाइ कारबाही हुनु पर्ने बताए । भैरहवा भन्सारका प्रमुख कमलराज भट्टराइले घटनाका बेला मुल गेट र यात्रु प्रवेश गेटमा खटिएका तीन जना कर्मचारीलााइ बिभागको निर्देशनमा अनुसन्धान अवधिभर जिम्मेवारीबिहीन गराइएको बताए । 

जब भन्सार कार्यालयबाट तीनवटा चेकपोष्ट छल्दै भारतीय कन्टेनर नेपाल भित्रियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप