बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘पासवर्ड’ गीत: यस्तो छ सन्नी लियोनीको नेपाली आइटम डान्स

बिहीबार, ३० जेठ २०७६, १५ : ४३
बिहीबार, ३० जेठ २०७६

काठमाडौं– बलिउड अभिनेत्री सन्नी लियोनीले आइट नृत्य गरेको फिल्म ‘पासवर्ड’को गीत सार्वजनिक भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । ‘आजको साम’ बोलको आइटम गीतमा सन्नी बोल्ड अवतारमा देखिएकी छन् ।

बलिउड कोरियोग्राफर बिष्णु देभाको कोरियोग्राफी रहेको गीतमा सन्नी थुप्रै कोरसका साथ देखिएकी छन् । ५ करोड बढी लगानीमा तयार भएको यो फिल्मको गीतमा सन्नी र अभिनेता बिक्की जोशीको अभिनय देख्न सकिन्छ । 

विक्रम जोशीको शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा दुर्गा खरेलको स्वर छ । गीत लण्डनमा छायाँकन गरिएको हो । २७ भाद्रबाट ‘पासवर्ड’ सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्म सम्राट बस्नेत निर्देशन गरेका हुन् । 

विक्रम जोशी, हिरल जोशी र अमित बस्नेतको निर्माण रहेको फिल्म एक्सन थ्रिलर जनरामा निर्माण भएको छ ।  फिल्ममा बिक्रम जोशी (विक्की), अनुपविक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, विक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परिराना लगायतको अभिनय रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप