शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यौन शोषणको आरोप खेपिरहेका नाना पाटेकरविरुद्ध कुनै प्रमाण छैनः पुलिस

शुक्रबार, ३१ जेठ २०७६, ०८ : २८
शुक्रबार, ३१ जेठ २०७६

बलिउड अभिनेता नाना पाटेकरलाई बिहिबार ठूलै राहत महसुस भयो । अभिनेत्री तनुश्री दत्ताद्वारा लगाइएको यौन शोषणको आरोपमा मुम्बई पुलिसले अदालतमा ‘बि समरी’ रिपोर्ट दायर गरेको छ । बि समरी रिपोर्ट त्यतिबेला दर्ता गरिन्छ जब उजुरीको आधारमा कुनै प्रमाण भेटिँदैन र पुलिस उक्त घटनामा अनुसन्धानका लागि सक्षम हुँदैन ।

नाना पाटेकरले क्लिन चिट पाएकोमा तनुश्रीम दत्ताले भनिन्, ‘भ्रस्ट पुलिस फोर्स, कानूनी प्रणालीले उनीभन्दा पनि भ्रष्ट नाना पाटेकरलाई क्लिन चिट दिएको छ, जसमाथि पहिले पनि थुप्रै महिलाले धम्की र उत्पीडनको आरोप लगाएका छन् । ’

यसबारे तनुश्रीका वकिल नितिन सातपुतेले आफूलाई अहिलेसम्म अदालत वा पुलिसको तर्फबाट कुनै जानकारी नआएको र यदि यस्तो हो भने अदालतमा चुनौती दिने बताएका छन् ।

पेश गर्न सकेनन् कुनै पनि साक्षीः

ओशिवारा पुलिसका अनुसार तनुश्रीले एफआईआर दर्ता गराएको सात महिनासम्म पनि आफ्नो दाबी समर्थन गर्नका लागि कोही पनि साक्षी प्रस्तुत गर्न सकिनन् । पुलिसले भन्यो, ‘जसले बयान दिए, त्यो तनुश्रीको आरोपसँग मेल खाँदैनन् ।’

१५ जनाको बयानपछि पनि पुष्टि हुन सकेनः

यो मामलामा नाना पाटेकर र तुनश्री दत्तासमेत पुलिसले करिब १५ जनाको बयान रेकर्ड गर्यो । यसमा अभिनेत्री डेजी शाह पनि संलग्न थिइन् जो हर्न ओके प्लिज फिल्मका कोरियोग्राफर गणेश आचार्यका सहयोगी थिइन् । पुलिसका अनुसार कुनै पनि साक्षीले तनुश्रीको बयान पुष्टि गर्न सकेनन् । डेजीले आफूलाई घटना पूर्ण रुपमा याद नभएको बताएकी थिइन् ।

१० वर्ष पुरानो मुद्दा भएका कारण समस्याः

पुलिस स्रोतका अनुसार मामला १० वर्ष पुरानो भएका कारण धेरै प्रमाण भेट्न सकिएन । धेरैले बयान दिए । साक्षीहरुले उक्त घटनालाई राम्रोसँग याद गर्न सकिरहेका थिएनन् । कतिले सुटिङमा भइरहेको ढिलाई  याद भएको तर तनुश्रीको शोषणसँग जोडिएका केही पनि कुरा याद नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप