शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा कटुवा पेस्तोल र गोलीसहित ३ युवा पक्राउ

शुक्रबार, ३१ जेठ २०७६, १२ : ३३
शुक्रबार, ३१ जेठ २०७६

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको बुद्धनगरबाट कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित ३ युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पछिल्लो समयमा सैनामैना, बुटवलसहित विभिन्न स्थानमा चोरी र लुटपाटमा संलग्न भएको आशंकामा प्रहरीले उनीहरु बस्ने गाउँमा खोजतलास गर्ने क्रममा पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एस.पी. हृदय थापाका अनुसार  पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नम्बर ६ का २० वर्षीय सुरज दर्जी र अर्जुन मुसहर तथा २२ वर्षीय मनिष परियार रहेका छन् । उनीहरुलाई वडा नम्वर ५ को बुद्धनगरबाट पक्राउ गरिएको छ ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय सालझण्डीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप